२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘जनताबाट चुनिए विकासको नमुना क्षेत्र बनाएर देखाउनेछु ।’ – विक्रम पाण्डे

प्रकाशित मिति : २०७९ आश्विन ३० गते

चितवन / पूर्वमन्त्री एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले समस्या समाधान गर्ने गाडी चलाउन तयार रहेको बताए । भरतपुर महानगर–१८ को हाजिपुरमा राप्रपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले चितवन क्षेत्र नम्बर ३ का समस्याहरु समाधान गर्न लागिपर्ने दाबी गरे ।
‘गाडी चलाउन तयार छु, तर त्यही सिटमा बस्न नपाएपछि गाडी चलाउन नसकिने रहेछ’, उनले भने, ‘मंसिर ४ मा समस्यारुपी गाडीमा चढ्ने गरी अनुमोदन गरे त्यो गाडी लिएर जानेछु, समस्याहरु हल गर्नेछु ।’ उनले आफू राजनीति गर्न नभई जनताको सेवक भएर काम गर्न चुनावी मैदानमा आएको बताए ।
‘भाषणको आइडीयाले विकास आउँदैन, विकास गर्ने आइडीया भएको मान्छे चाहिन्छ’, उनले भने, ‘विकास गर्न जन्मेको व्यक्ति हुँ, जनताबाट अनुमोदित भए विकासको नमुना क्षेत्र बनाएर देखाउनेछु ।’ पाण्डे लगातार तत्कालिन चितवन–५ र चितवन–३ बाट लगातार ४ पटक निर्वाचनमा उम्मेदवार भएका थिए ।
२०७० सालमा दोस्रो संविधानसभाबाट संविधानसभा सदस्यमा निर्वाचित भएर मन्त्री समेत भएका थिए । ‘यो क्षेत्रका हरेक गाउँ, वस्तीबारे जानकार छु, जनताका दुख बुझेको छु’, पूर्वमन्त्री पाण्डेले भने, ‘यसपाली भाषण होइन, विकासको भिजन भएको नेतालाई जनताले जिताउनेछन् ।’ उनले सुकुम्बासी समस्या समाधान गर्न ठूला दलहरुले नचाहेको आरोप लगाए ।
‘३०–४० वर्ष बसिरहेको ठाउँमा लालपुर्जा दिन कसले रोकेको थियो’, उनले प्रश्न गरे, ‘जग्गा पाएपछि स्वतन्त्र हुन्छन् भोट हाल्दैनन् भनेरै दिएनन्, भूमिहिन समस्या अब समाधान गर्नुपर्छ ।’ उनले चितवन–३ लाई विकासकै नमुना क्षेत्र बनाउने गरी काम गर्ने हिम्मत बोकेर चुनावमा उम्मेदवार बनेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51