May 2, 2024

जंगलमा गाडिएको अवस्थामा दुई जना मृत फेला

October 17, 2022
File photo.

दाङ / तुलसीपुर उपमहानगरपालिका १३ स्थित जंगलमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् ।
दमारगाउँको जंगलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
मल्लका अनुसार उनीहरूको शव आइतबार दिउँसो खाडलमा गाडिएको अवस्थामा फेला परेको हो। असोज २७ गते साँझ दुवैजना घरबाटै हराएका थिए ।
प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन् गरेपछि उनीहरूको पहिचान खुलेको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए। उनीहरूको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -