चितवन / जिल्ला निर्बाचन कार्यालय चितवनले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नमुना मतदान गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिन्ह बाहेकका चिन्ह प्रयोग गरी छापिएको नमुना मत पत्रमा मतदान गरिएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले संयुक्त रुपमा मतदान गरेर नमुना मतदानको शुभारम्भ गरेका हुन् ।
पहिलो हुने निर्वाचन प्रकृया अन्र्तगत प्रतिनिधि सभा र प्रदेश सभा एबं समानुपातीक तर्फको मत पत्रमा मतदान गरिएको हो । मतदान पछि प्रतिकृया दिदै मुख्य निर्वाचन अधिकृत थापाले बास्तबिक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ भन्ने मापन गर्नका लागि गरिने बताए । प्रत्यक्ष दर्शिहरुलाई सिकाउनका लागि समेत नमुना मतदान गरिने उनले बताए । उनले भने, ‘मतपत्र सानो भएकाले असहज छैन, तीन मिनेट ३० सेकेण्डमा मतदान सकेको छु ।’
स्थानीय तहको निर्वाचन भन्दा अहिलेको निर्बाचन सहज रहेको उनको भनाई थियो । व्यवस्थापनमा लाग्ने कर्मचारी चनाखो हुन सकेमा खासै समस्या नआउने उनले बताए । यसपालि जति उम्मेदवार त्यती चिन्ह भएको मतपत्र आउने भएकाले बदरहुने समस्या न्यून रहने थापाले बताए ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले समानुपातीक मपत्र ठूलो हुने भएकाले केही असहज भए पनि प्रत्यक्ष तर्फ सानो मतपत्र हुने भएकाले सहज हुने बताए । स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा सातवटा छाप लगाउनु पर्ने हुँदा मतदाता झुक्किने भए पनि अहिले एउटा मत पत्रमा एउटा छाप लगाउँदा मतदातालाई सहज हुने प्रअिज तामाङको भनाइ थियो ।
निर्वाचन आयोगले निर्वाचनको प्रशिक्षण प्रशिककलाई तयारीका लागि नमुना मतदान गरिएको उनले जानकारी दिए ।
जिल्लामा अहिले ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । जस मध्ये महिला मतदाताको संख्या पुरुषको भन्दा बढि रहेको छ । २ लाख ९ हजार ३०९ मतदाता महिला रहेका छन् भने पुरुष १ लाख ९९ हजार ३२ जना रहेको जिल्ला निर्बाचन कार्यालयका प्रमुख भिमसेन कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार १६२ मतदान स्थलमा ४६० केन्द्रबाट मतदान हुँदैछ । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजा ८४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदान स्थल र १५९ केन्द्रबाट मतदान हुँदैछ । क्षेत्र नम्बर २ मा रहेका १ लाख २४ हजार २१४ जना मतदाताले ४३ मतदान स्थलमा रहेका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।
यस्तै चितवन क्षेत्र नम्बर ३ मा ६३ मतदान स्थलका १६३ मतदान केन्द्रबाट १ लाख ४४ हजार २८३ जना मतदाताले मतदान गर्ने कार्कीले बताउनुभयो । जिल्लामा एक जना तेस्रो लिङ्गी मतदाताले समेत मतदानमा सहभागिता जनाउने कार्यालयले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा सिडिओ र मुख्य निर्वाचन अधिकृतको नमुना मतदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51












