हेटौंडा / तरकारी बजारमा आगलागी हुँदा ५ वटा तरकारी पसल र एउटा होटलमा पूर्ण रुपमा क्षति भएको छ । हेटौंडा १० टिसिएनस्थित उक्त तरकारी बजारमा बिहीबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागी दिउँसो १२ः३८ बजेको समयमा भएको र करिब डेढ करोडभन्दा बढी क्षति भएको अनुमान गरिएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ मकवानपुरका महासचिव कृष्ण हुमागाईंका अनुसार मीना गुरुङले संचालन गरेको होटलबाट आगो सल्किएको थियो ।
उक्त आगलागीबाट हरि खुलाल, दशरथ महर्जन, केशव दाहाल, बद्री घिमिरे र भरत खुलालले सञ्चालन गरेको तरकारी पसलमा गरी डेढ करोडभन्दा बढीको क्षति भएको अनुमान छ ।
तरकारी पसलमा रहेको नगदसमेत जलेर आगलागीबाट नष्ट भएको छ भने केही आधा मात्रै जलेको नोट प्रहरीले फेला पारेको छ । होटलमा लगातार ८ वटा ग्याँस सिलिण्डर पड्किएको थियो । होटलमा सल्किएको आगो तरकारी पसलहरुमा फैलिएको हो ।
आगलागीको कारण खुलिनसकेको भएपनि विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । करिब ढेड घण्टापछि नेपाल प्रहरी, सशस्त्र र जनपथ प्रहरीसमेतको सहयोगमा हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकल प्रयोग गरी आयो नियन्त्रणमा लिइएको हो ।
- ADVERTISEMENT -

तरकारी बजारमा आगलागी हुँदा करिब डेढ करोडको क्षति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














