२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका स्वतन्त्र उमेदवार जीवन लामाको ४१ बुँदे घोषणापत्र सार्वजनिक

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते

चितवन / चितवन क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार बनेका जीवन तामाङ (लामा)ले बुधबार ४१ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । तामाङले सौराहाचोकमा पत्रकार सम्मेलन गरेर उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा कृषि, पर्यटन, रोजगार, खेलकुद, स्वास्थ्य र शिक्षालगायतका विषयलाई समेटिएका छन् भने देशमा व्याप्त भ्रष्टाचार अन्त्य र वेथिति रोक्नको लागि पनि उनले संसदको बाटो रोजेको बताए ।
जातीय आरक्षणलाई खारेज गरी वर्गीय आरक्षणलाई मान्यता दिँदै जातीय विभेदको अन्त्य गर्न पनि आफूले पहल गर्ने नेता तामाङको भनाइ छ । औषधिजन्य सामग्री तथा औद्योगिक प्रयोजनका लागि वैधानिकता दिनेलगायतका विषयवस्तुलाई पनि समेटेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर र मानवबीचको द्वन्द्वलाई सदाका लागि अन्त्य गर्ने गरी दुवैतिरको सुरक्षा गर्नेसमेत उनको भनाइ छ । बेरोजगारी तथा सुकुमबासी समस्यालाई समाधान गरी उत्कृष्ट बसोबासको व्यवस्था मिलाउन पनि आफू अगाडि बढेको उनको भनाइ छ । युवाहरूलाई कम्तिमा मासिक ३० हजार रूपैयाँ र ज्यालादारीमा काम गर्नेहरूलाई दैनिक एक हजार ५०० रूपैयाँ नियमित पारिश्रमिकको व्यवस्था मिलाउन पनि स्वतन्त्र उमेदवारी दिएको उनले बताए ।
सेना, प्रहरी तथा सुरक्षा निकायमा कार्यरत कर्मचारीलाई मासिक ५० हजार रूपैयाँ तलब सुविधाको व्यवस्था मिलाउने र टोलटोलमा खेलाडी उत्पादन गरी नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय बजारसम्म स्थापित गराउन भूमिका खेल्नेसमेत उनले बताएका छन् । आवश्यक स्थानको पहिचान गरी वडावडामा व्यवस्थित तथा गुणस्तरीय स्वास्थ्य सेवाको विकास गर्नेसमेत उनले लक्ष्य लिएका छन् ।
नेपाली कला, संस्कृति तथा भाषा, साहित्यलाई पनि संरक्षण गर्नु आवश्यक रहेको उनले बताए। ‘मौलिक भाषा, संस्कृति र कला, साहित्य संरक्षण हामी सबैको दायित्व हो,’ उनले भने, ‘त्यसैले यसको संरक्षणमा पनि मेरो योगदान रहनेछ।’ चितवन–१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि दल तथा स्वतन्त्र गरी १९ जनाको उमेदवारी परेको छ ।
यो क्षेत्रमा नेकपा एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे र पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता विश्व पौडेल चुनावी मैदानमा छन् । त्यतिमात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाललाई पनि बलियो उमेदवारको रूपमा हेरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09