२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्वकप फुटबल : आजदेखि सुरु, ३२ राष्ट्रको सहभागिता (टाइसिट सहित)

प्रकाशित मिति : २०७९ मंसिर ४ गते

चितवन / फुटबल प्रेमीहरुको बहुप्रतिक्षित विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल २०२२ आज (आइतबार) देखि कतारमा सुरु हुँदैछ । सधैंजसो वर्षायाममा हुने विश्वकप फुटबल यसपटक कोभिड १९ का कारण ६ महिना पछाडि धकेलिएको हो ।
कतारमा हुने उक्त विश्वकप एक महिनासम्म चल्नेछ भने साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।
विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह अल बायत रंगशालामा आयोजना हुँदैछ जुन कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको छ ।
उक्त रंगशालामा ६० हजार क्षमताको रहेको छ भने विभिन्न देशका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिने भएका छन् । उद्घाटन समारोहमा दक्षिण कोरियाको रक ब्यान्ड बीटीएसका सात सदस्यमध्येका जंग कुकले आफ्नो प्रस्तुति दिने कार्यक्रम छ ।
यस्तै कोलम्बियाकी रक स्टार साकिरा, जे बल्विन, साँगीतिक समूह ब्ल्याक आइड पिज, रोवि विलियम्स, लिल बेबी र भारतीय अभिनेत्री नोरा फतेहीले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने छन् ।
फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । तर, अल्कोहलमुक्त बियर भने विश्वकपको ६४ वटै खेलमा रंगशालामा बिक्री गरिने जनाएको छ ।
उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दै छन् । कतार आयोजकका नाताले पहिलो पटक विश्वकप फुटबल खेल्दैछ भने इक्वेडरको भने चौथो सहभागिता हो । सन् २०१९ मा एएफसी एसियन कपको विजेता बन्नु नै कतारको अहिलेसम्मकै ठूलो सफलता हो। एसियाको पावर हाउस जापानलाई हराउँदै एसियन कपको उपाधि जितेको थियो ।
विश्व प्रसिद्ध अस्पाएर एकेडेमीबाट खेलाडी उत्पादन थालेको कतारले स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेजको नेतृत्वमा उच्च प्रदर्शन गरिरहेको छ । समूह ‘ए’मा इक्वेडर, नेदरल्यान्ड्स र सेनेगलविरुद्ध टोलीको आक्रमणभन्दा डिफेन्सको परीक्षा धेरै हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97