काठमाडौं / समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म माओवादीलाई उछिनेर तेस्रो स्थानमा पुगेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५९ हजार ७६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले १० लाख ५१ हजार १४३ मत पप्त गरे । हालसम्म ९२ लाख २७ हजार ५४ मत गणना सम्पन्न भएको छ । सोही समयमा एमालेले २५ लाख १६ हजार ५९२ मतसहित पहिलो स्थानमा, नेपाली कांग्रेस २३ लाख ८५ हजार १०३ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार १४८ मत, जसपाले ३ लाख १७ हजार ४४ मत, नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत पाएको छ ।
- ADVERTISEMENT -

समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा
November 28, 2022

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
