March 15, 2025
- ADVERTISEMENT -

नारायणगढमा गल्फ लुब्रिकेन्टको नयाँ शोरूम सञ्चालन

December 2, 2022

नारायणगढ / नारायणगढमा गल्फ लुब्रिकेन्टको नयाँ शोरुम आशिर्वाद अटो ट्रेडिङ सञ्चालनमा आएको छ । न्युरोडमा रहेको शोरूमको शुक्रबार नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करणकुमार चौधरीले उद्घाटन गरेका हुन् ।
चौधरीले विश्व प्रसिद्ध बनेको गल्फ लुब्रिकेन्ट नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको रुपमा स्थापित भएको बताए। गुणस्तरको कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरु माझ निकै लोकप्रिय बनेको उनले दाबी गरे ।
स्थानीय ग्राहकको मागलाई मध्यनजर गर्दै शोरुम सञ्चालनमा ल्याईएको सञ्चालक बसन्त थापाले बताए । शोरुममा गल्फको अटोमोटिभदेखि इन्डष्ट्रियलसम्मका लुब्रिकेन्ट उपलब्ध हुने अर्का सञ्चालक सुबास कंडेले बताए ।

- ADVERTISEMENT -