चितवन / राप्ती नगरपालिकाका मेयर शमशेर लामाले शंखु दराईको घर तत्कालै निर्माण प्रक्रिया अघि बढाइने बताएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा मेयर लामाले राप्ती नगरपालिका–६, रामपुर झर्ना निवासी ६४ वर्षीय शंखु दराईको लागि घर निर्माण गरी दिने घोषणा गरेका हुन् ।

मेयर लामाले अत्यन्त विपन्न वर्गको तथा कठीन अवस्थामा एकल जीवन बिताइरहेका दराईको दयनीय अवस्था देखेपछि घर निर्माण गरी दिने निर्णय गरेका हुन् । शारीरिकरुपमा समेत अशक्त रहेका उनीलाई आज (आइतबार) नै मेयर लामाले सिरक, डसना, तन्ना, तकिया, चामल, दाल, नुनतेल, मरमसला समेत हस्तान्तरण गरेका छन् ।
- ADVERTISEMENT -


लामाले आजबाट नै उनको घर निर्माण अघि बढाइने बताएका हुन् । कार्यक्रममा राप्ती नगरपालिकाका उपमेयर देवेन्द्र लामा, युवा समाजसेवी कुबेर लामा, रामबहादुर सारुमगर, संचारकर्मीद्वय मनोज पन्त र दिलिप डल्लाकोटीको समेत उपस्थिति थियो ।
















































