२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इच्छाकामना न्युज डटकम छैंठो वर्षमा, चितवनका पत्रकार त्रिपाठीसहित ६ सम्मानित

प्रकाशित मिति : २०७९ मंसिर २५ गते

चितवन / चितवनका अग्रज पत्रकार तथा इच्छाकामना संचारकर्मी समूहका अध्यक्ष रोहिणीप्रसाद त्रिपाठी सहित ६ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । इच्छाकामना न्यूज डटकम डिजिटल अनलाईन पत्रिकाको पाँचौ वार्षिकोत्सवको अवसरमा अध्यक्ष त्रिपाठी सहित ६ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुने व्यक्तित्वहरुमा नवौँ राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेता तेक्वान्दो खेलाडी सुप्रिका गुरुङ, पत्रकार भीमलाल श्रेष्ठ, साहित्यकार अनिल श्रेष्ठ, लेखक शोधकर्ता एवम् प्रशासक जीवन आलेमगर, सिभिल इन्जिनियर प्रथम श्रेणीमा उत्तीर्ण मनिष चेपाङ रहेका छन् ।
वार्षिकोत्सवको सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि चितवन क्षेत्र नम्बर २ ‘क’ का प्रदेशसभा सदस्य कृष्ण सिलवाल, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, जिल्ला समन्वय समिति चितवनका नारायणप्रसाद अधिकारी, प्राध्यापक एवं समालोचक तेजविलास अधिकारीलगायतले संयुक्त रुपमा ‘विकास र समृद्धि’ नामक स्मारिकाको विमोचन गरेका थिए ।
कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना साकार, सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलगायतको उपस्थिति थियो । कार्यक्रममा अनलाईनका संचालक एवं कार्यकारी सम्पादक चित्रबहादुर गुरुङ सोल्टिले स्वागत मन्तव्य र युवराज लामाले संचालन गरेका थिए ।
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनालाई मुख्य केन्द्र बनाई आसपासका स्थानीय तहहरुको विभिन्न गतिविधिलाई समावेश गर्दै समाचार प्रकाशन प्रसारण गर्दै आइरहेको अनलाईन २०७४ कार्तिक ३० गतेदेखि विधिवत संचालनमा आएको हो । निरन्तर संचालन आएको उक्त अनलाईन ५ वर्ष पूरा भै छैटौं वर्षमा प्रवेश गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45