२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर बस टर्मिनललाई व्यवस्थित बनाउँदै महानगर

प्रकाशित मिति : २०७९ पुष ३ गते

चितवन / भरतपुर वडा नं. ९ मा रहेको भरतपुर केन्द्रीय बस टर्मिनललाई व्यवस्थित गरिने भएको छ । भरतपुर महानगरले भरतपुर बस टर्मिनललाई व्यवस्थित गर्ने निर्णय गरेसँगै शनिबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
केन्द्रीय बसटर्मिनल निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)को अनुदान तथा ऋण र तत्कालिन भरतपुर नगर विकास कोषको ऋण गरी १० करोड ९१ लाख लगानी रहेको छ । एकदशक अघि उक्त केन्द्रीय बस टर्मिनल निर्माण सम्पन्न भएको हो ।
भरतपुर महानगरपालिकाको तीन र राष्ट्रिय सहकारी विकास बोर्डको साढे दुई विगाह गरी पाँच विगाह क्षेत्रफलमा बनेको बसपार्क अपलपत्र पर्दै गएपछि महानगरपालिकाले चासो देखाएको हो । महानगरले अस्तव्यस्त बन्दै गएको बस टर्मिनललाई पौष ७ गतेदेखि नै व्यवस्थित रुपमा संचालन गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय, विभिन्न यातायात व्यवसायीहरुबीच छलफल गरेर महानगरले यसलाई व्यवस्थित बनाउने निर्णयमा पुगेको
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उममेयर एवम अनुगमन समितिका संयोजक चित्रसेन अधिकारी, चितवन प्रहरी प्रमुख नवराज अधिकारी सहितको टोली शनिबार बसटर्मिनल पुगेर अनुगमन गरेका थिए । ठेकेदार कम्पनीले सहमती अनुसार बसटर्मिनलको व्यवस्थापनमा ध्यान नदिएका कारण अलपत्र पर्दै गएको हो ।
भरतपुर ९ मा रहेको केन्द्रिय बस टर्मिनलमा सरसफाई गर्दै व्यवस्थित बनाउने अभियान चितवन प्रहरीको सहकार्यमा भरतपुर महानगरले सुरु गरेको हो । भरतपुर महानगरको स्मार्ट सिटी बनाउने अभियान अन्र्तगत मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी आफै स्थलगत अनुगमनसगैँ सरसफाई गर्दै व्यवस्थित बनाउने अभियान सुरु गरेको महानगरले जनाएको छ ।
भरतपुर महानगर र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा बस व्यवस्थित बनाउने र बजारको सौन्र्दय करणलाई थप व्यवस्थित बनाउन सरसफाई सहित बसपार्कबाटै महानगरको यातायात व्यवस्थापन गर्ने मेयर रेनुले बताईन् ।
बस टर्मिनललाई व्यस्थित बनाउन सुरक्षासंयन्त्रले पनि तदारुकता देखाएका छन् । चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बसटर्मिनललाई व्यवस्थित बनाउन सबैसँग छलफल गरेर लिखित रुपमै सहमती भएको बताए । अधिकारीले सवारी चालक वा यातायात व्यवसायीले अटेर गरेमा निर्मतापूर्वक कार्वाही गरिने स्पष्ट पारे । ‘नीति नियम मान्दिन भनेर पाइन्छ ?’ उनले प्रश्न गरे ।
भरतपुरलाई सुन्दर र व्यस्थ्ति बनाउने अभियानमा महानगरपालिका सक्रिय बन्दै गएको छ । भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले भरतपुर केन्द्रीय बसटर्मिनलवाट सुरु भएको यो अभियानलाई महानगर क्षेत्रभर नै यो अभियान लागु हुने बताए ।
नमुना बसटर्मिनलको बसपार्कको पार्किङ–वेमा सहित गरेर ८ सयवटा बस अटाउँछन् । बसपार्कमा रहेको दुईसय अट्ने सुविधायुक्त प्रतिक्षालय सृुनसान देखिन्छ । यहाँका पोलहरुमा बत्ती बल्दैन । शौचालय अस्तव्यस्तका कारण पूर्ण रुपमा दुर्गन्धित छ । टर्मिनलको माथिल्लो तलामा ठेकदार कम्पनी, यातायात समिति र प्रहरी बसेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39