चितवन / चितवनमा ‘बागमती प्रादेशिक एवम् दोश्रो खैरहनी महोत्सव २०७९’ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र उद्योग वाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा खैरहनी–२ स्थित लदरी खोला किनारमा बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सव हुन गइरहेको बिहीबार प्रेस सम्मेलन मार्फत जानकारी गराइएको हो ।
खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठले माघ ४ गतेदेखि १५ गतेसम्म दोस्रो संस्करणको महोत्सव हुन लागेको जानकारी दिए । प्रदेशको उद्योग व्यापार क्षेत्रको विकास गरी देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य संघ खैरहनीका सदस्यहरुलाई स्टलमा १० प्रतिशत छुट र स्टलको ९ हजार देखि ३० हजारसम्म शुल्क लिने बताए । महोत्सवमा विभिन्न क्षेत्रहरु उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उत्पादन तथा सेवाहरु गरी ३५० वटा स्टलहरु रहने जानकारी दिएको छ ।
करिब एक करोड बीस लाखको लगानीमा हुन लागेको महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिब ७० करोड बराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
महोत्सवमा बहुर्राष्ट्रिय, राष्ट्रिय तथा लघु घरेलु तथा साना उद्योगहरुका उत्पादनहरु, कृषि उत्पादनहरु, महिला उद्यमीबाट उत्पादित सामग्रीहरु, बालउद्यान, सवारीसाधनलगायत प्रदर्शनी हुनेछ । उद्योगी र उपभोक्ताहरुको सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने, उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरुको समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने महोत्सवको लक्ष्य तथा उद्देश्य रहेको छ ।
महोत्सवले औद्योगिक पर्यटनलाई बढावा दिनुका साथै सूचना र प्रविधिको आदानप्रदान गर्दै कृषकहरुलाई कृषि उपजको विषयमा जानकारी प्रदान गर्ने आयोजकको भनाइ छ । महोत्सवको विशेष आर्कषणको रुपमा विभिन्न जनजातिको स्थानीय भेषभुषामा सांस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहनेछन् ।
महोत्सवमा प्रवेश शुल्क ५०, विद्यार्थीहरुलाई ३० र राज्यले सम्मान गरिएको ज्येष्ठ नागरिकलाई टिकट निःशुल्क गरिने छ । यसअघि विसं २०७५ साल मंसिरमा पहिलो पटक महोत्सव आयोजना गरिएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा माघको पहिलो सातादेखि ‘दोश्रो खैरहनी महोत्सव’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













