चितवन । नेपाल पत्रकार महासंघ चितवन र कालिका नगरपालिकाबीच ‘पत्रकार दुर्घटना बीमा’ सम्झौता भएको छ । नगरपालिकाका मेयर विनोद रेग्मी र महासंघको तर्फबाट अध्यक्ष नारायणप्रसाद अधिकारीबीच सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको हो ।
नगरपालिकाका मेयर रेग्मीले नगरपालिका र पत्रकारबीचको सम्बन्ध नवीकरण भएको बताए । उनले प्रतिव्यक्ति १० लाख रूपैयाँ बराबरको दुर्घटना बीमा गरिएको जानकारी दिए ।
राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारिता क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउनको लागि राज्यको तर्फबाट सानो मद्दत गर्ने प्रयास गरिएको मेयर रेग्मीको भनाइ छ ।
चितवनमा पत्रकार महासंघअन्तर्गत हाल २७६ सदस्य छन् । यसपटक नयाँ सदस्यता वितरणको प्रकृया चलिरहेको र केही पुराना सदस्यहरू पनि पेशाभन्दा बाहिर रहेका हुँदा २७६ मा केही संख्या थपघट हुन सक्ने पत्रकार महासंघ चितवनले जनाएको छ ।
यसअघि खुमनारायण श्रेष्ठ मेयर भएदेखि कालिका नगरपालिकाले हरेक वर्ष चितवनका पत्रकारहरूका लागि दुर्घटना बीमा गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिँदै यसपटक पनि बीमाको लागि सम्झौता भएको पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारीले जानकारी दिए ।
- ADVERTISEMENT -

चितवनका पत्रकारलाई कालिका नपाको दुर्घटना बीमा
January 2, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
