२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा एक सय ६० बिगाहा सिंचाई प्रणालीको उद्घाटन

प्रकाशित मिति : २०७९ पुष २२ गते

चितवन / पश्चिम चितवनको जगतपुरमा १६० बिगाहा जग्गा भूमिगत सिचाई प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिचाई आयोजनाले निर्माण गरेको चार वटा सिचाई प्रणालीको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् ।
सिचाई प्रणालीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले कृषिलाई आधुनिकिकरण गर्ने क्रममा सिचाई प्रणाली आवश्यक रहेको बताइन् । आयोजनाको रु ३ करोड ४७ लाख ३१ हजारको लागतमा निर्माण गरिएको हो ।
भरतपुर महानगरले अहिलेसम्म ५६२ श्यालो ट्युवेल निर्माण गरिदिएको उनले बताइन् । यस वर्ष पनि महानगरबाट १ सय वटा श्यालो ट्युवेल बितरण गर्ने उनले जानकारी दिइन् । सिचाईको अभावमा स्थानीयले खेप्नु परेको समस्या समाधानका लागि कोशेढुङ्गा साबित भएको उनको भनाई थियो ।
उनले भनिन्, ‘हिउँदमा समेत सिंचाईको व्यवस्था हुने गरी गरिएका यी आयोजनाहरुले जनताको समस्या समाधान गर्ने विश्वास लिएको छु ।’ कृषिको प्रचुर सम्भावना भएको यस ठाउँमा सिंचाईका कारण समस्या भए पनि सिंचाईको अभाव भएको उनले बताइन् ।
चितवन भूमिगत संयोजनात्मक जल सिचाई आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले हालसम्म ४ हजार बिगाहा (२ हजार ५ सय हेक्टर) क्षेत्रफलमा सिचाई पुर्याएको जानकारी दिए । विसं २०७७ सालमा स्थापना भएको सो कार्यलयले जिल्लाको १० हजार ५ सय हेक्टर क्षेत्रफलमा बाह्रै महिना दिगो भरपर्दो सुलभ सिचाई पु¥याउने लक्ष्य लिएको छ ।
यसका लागि रु ४ अर्ब ६४ करोडको आयोजना रहेको उनले जानकारी दिए । हालसम्म कार्यालयले ६० वटा ठूला डिप ट्युववेल सिचाई प्रणाली र ३२५ वटा श्यालो ट्युबवेल निर्माण कार्य सम्पन्न गरेको उनले बताए ।
कार्यालयले चितवन र मकवानपुरका विभिन्न पालिकामा काम गर्दै आएको छ । चितवनको भरतपुर महानगरपालिका, रत्ननगर, कालिका, राप्ती र खैरहनी नगरपालिका कार्यक्षेत्र हो भने वार्षिक कार्यक्रमले तोके अनुसार चितवनको माडी र मकवानपुर समेत हेर्दै आएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41