२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सातै प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान

प्रकाशित मिति : २०७९ पुष २२ गते

मकवानपुर / देशभरका सात वटै प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ । सात वटै प्रदेशका प्रदेश प्रमुखले सरकार गठनको लागि आह्वान गरेका हुन् ।
सात वटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन । कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा धेरै दलको समर्थनमा प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी छ । उनले विश्वासको मत लिएपछि मात्रै प्रदेशमा सत्ता साझेदार दलहरूबीच सहमति कायम गरेर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारी गरेको थियो । तर, ३ वटा प्रदेश प्रमुखले त्यसअघि नै प्रदेशमा मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
प्रदेश १ मा पुस २४ गते ५ बजेभित्र, बागमती र गण्डकी प्रदेशमा पुस २५ गते ४ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।
यसैगरी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखले पुस २७ गते बुधवार ४ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेको छ भने मधेश प्रदेशमा पुस २८ गते ४ बजेभित्र सरकार गठन गर्न आह्वान गरेको छ ।
संविधानले प्रदेशसभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन पाएका प्रदेश सभा सदस्य मुख्यमन्त्री नियुक्त हुने व्यवस्था गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51