२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको जिल्ला प्रशासनमा सेवाग्राहीलाई ‘टाइम कार्ड’

प्रकाशित मिति : २०७९ पुष २३ गते

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाईम कार्ड’ लागू गर्ने भएको छ । प्रशासनमा सेवाग्राहीहरुको भिडभाड हुन थालेपछि भोलि (आईतबार)बाट ‘टाईम कार्ड’ लागू हुने भएको हो ।
‘टाईम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमा भित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतीपूर्ती भरण गराइने भएको हो । कर्मचारीहरुलाई सेवाप्रति जिम्मेवार बनाउन ‘टाईम कार्ड’ लागू गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयबाट दिइने सेवाहरुमा सेवाग्राहीलाई ‘टाईम कार्ड’ को व्यवस्था गर्न लागिएको हो । उनका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाईम कार्ड’ लागू गर्ने तयारी गरिएको छ ।
पछिल्लो समय कार्यालयमा भिडभाड बढेकाले ‘टाईम कार्ड’ लागू गरिएको उनले बताए । सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा हेल्प डेक्स राखिने छ जहाँबाट आवश्यक कागजपत्र पूरा भए नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने प्रजिअ तामाङले बताए ।
कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाईम कार्ड’ दिइने छ । जसले गर्दा कार्यालयमा अनावश्यक भिड नियन्त्रण हुने उनको भनाई छ । राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३० जना, राहदानीमा प्रतिघण्टा २० जना र नागरिकता एवं प्रतिलिपी सेवाग्राहीको कागजपत्रका आधारमा एक घण्टाभित्र उपलव्ध गराउने गरी ‘टाईम कार्ड’ दिन लागिएको हो ।
सेवा लिन आएका सेवाग्राहीहरुलाई तोकिएको समयमा सेवा दिइने छ । अहिले कार्यालयबाट दैनिक रुपमा राष्ट्रिय परिचय पत्र १९० जना, नागरिकता १५० जना, राहदानी १३० जनाले सेवा लिने गरेका छन् । नागरिकता नयाँ बनाउने ८० जना र प्रतिलिपी लिने ७० जना हुने गरेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86