२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगरको सार्वजनिक सुनुवाई : गुनासोरहित काम गर्न निर्देशन

प्रकाशित मिति : २०७९ पुष २३ गते

चितवन / भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९÷८० प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले निर्माणधिन राष्ट्रिय गौरवको आयोजनालाई यही कार्यकालमा पूर्णता दिने दाबी गरिन् ।
मेयर दाहालले भरतपुरमा निर्माधिन राष्ट्रिय गौरवको आयोजना र निर्माण हुने सिग्नेचर ब्रिज, अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र ल्याण्डफिल साईटको कामलाई पूर्णता दिने उल्लेख गरिन् ।
एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेश नेपालीले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरुले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए । सहभागीहरुले ६ लेन सडकमा भत्काइएको संरचना, फोहर व्यवस्थापन, घरबाहल कर, ड्रेनको निर्माण, समानुपातिक विकास, भरतपुरका सडकको चौडाई, विमानस्थल विस्तारबारे प्रश्न सोधेका थिए ।
सहभागीहरुले गुनासो तथा सुझावहरुको भरतपुर महानगरपालिकाका सिडिई लक्ष्मी भण्डारी, वातावरण महाशाखा प्रमुख विराट घिमिरे, विद्युत प्रधिकरणका प्रमुख, जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारी, प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ, भरतपुर महानगरपालिका राजस्व महाशाखा प्रमुख बिसुराम कुँवर, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी लगायतले जवाफ दिएका थिए ।
भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथामिकतामा राखेर अघि बढेको उल्लेख गरिन् । महानगरपालिकालाई स्माट सिटी निर्माण गर्ने योजना अनुरुप अन्य कार्यहरु निर्वाध रुपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साईट निर्माण गर्ने कार्यले गति नलिएको बताइन् ।
उनले जलदेवि सामुदायिक वनको १६ विघा क्षेत्रफलमा निर्माण गर्न लागिएको ल्याण्ड फिल्ड साईटमा दातृ निकायले कुनै निष्कर्ष नदिदा विलम्ब भएको जानकारी दिइन् । अब केही सयम यो निकायलाई पर्ख र हेरको अवस्था महानगरपालिका रहेको भन्दै उनले संघीय सरकारको सहयोगमा भएपनि काम अगाडि बढाउने मनस्थिति निर्माण गरेको बताइन् ।
मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने गरी काम अगाडि बढाउन सम्बन्धित महाशाखा, शाखाका कर्मचारीहरुलाई निर्देशन समेत दिइन् । महानगरपालिकाको कामलाई छिटो छरिदो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रष्ट पारिन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले राष्ट्रिय परिचय–पत्र र ई पासपोर्टको सेवा लिन आउने नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय कटिबद्ध रहेको बताए । प्रजिअ तामाङले जिल्ला प्रसाशन कार्यालयमा हुने कामबारे कुनै गुनासो भए प्रमुख जिल्ला अधिकारीको सार्वजनिक मोबाईल नम्बरमा फोन गर्न आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39