२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सोनाम ल्होछार आज, चितवनलगायत देशैभर मनाइँदै

प्रकाशित मिति : २०७९ माघ ८ गते
Photo : newsprabah

–बबिलाल तामाङ
चितवन । तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछार चितवनलगायत देशैभर आज (आइतबार) मनाइँदैछ । विगत दुई वर्ष कोभिङ १९ का कारण तामाङ समुदायले ल्होछार मनाउन नपाएका यसपटक भव्य तयारी गरिएको भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ तामाङले जानकारी दिइन् ।
अध्यक्ष तामाङका अनुसार भरतपुर ११ भोजाड छेच्यु थर्पलिङ गुम्बामा भव्य तयारी गरिएको बताइन् । आज (आइतबार) बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा भरतपुर वडा नं. ११ का वडाअध्यक्ष कमल मल्लले उद्घाटन गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ ।
गुम्बामा हिजो (शनिबार) साँझ लोखर पूजा (ग्रह फाल्ने) गरिएको थियो भने आज बिहानैदेखि बत्ती बाल्ने कार्य भइरहेको अध्यक्ष तामाङले बताइन् । उनले गुम्बामा शुभकामना आदानप्रदान, विविध साँस्कृतिक कार्यक्रम, तीन जना जनप्रतिनिधिहरुलाई सम्मान गरिने कार्यक्रम रहेको जानकारी दिइन् ।
आज हुने कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरू सेलो गायक जेवी जिम्बा, प्रितम गोले, लोक तथा दोहोरी गायक राज लामालगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन् ।
यस्तै, भरतपुर–११, लामाटोलमा रहेको विश्व पञ्चशील शान्ति बुद्ध गुम्बाले पनि वृहत् सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाउने तयारी गरिरहेको गुम्बाकी अध्यक्ष शिवकुमारी लामाले जानकारी दिइन् । उनका अनुसार गुम्बा परिसरमै हुने कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरू प्रतिक मोक्तान, हावा लामा, सीया तामाङ, सोयल लामा, दीपेश वस्ती, एकेए खत्रीलगायतले दिनभर सांगीतिक प्रस्तुति दिनेछन् ।
तामाङ समुदायले आज बाघ वर्ग (ता ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (ह्यीइ ल्हो)लाई स्वागत गरेर ल्होछार मनाउँदैछन् । चन्द्र पात्रोअनुसार तामाङ समुदायले यसपटक २८५९औँ ल्होछार पर्व मनाउन लागेको हो । सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51