–बबिलाल तामाङ
चितवन । जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवन (फोनिज) ले नवौं साधारण सभा गर्ने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ चितवनको भवनमा फोनिजको शुक्रबार सम्पन्न बैठकले यही फागुन १२ गते नवौं साधारण सभा गर्ने निर्णय गरेको हो ।
फोनिजका नवनिर्वाचित कार्यसमितिले पहिलो पटक संस्थागत जिम्मेवारी अन्तर्गत साधारण सभा गर्न लागेको अध्यक्ष रमेश रानामगरले जानकारी दिए । साधारण सभामा आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन पेश गरिने र संस्थागत आगामी कार्यविधिबारे घनिभूत छलफल गरिने उनको भनाइ छ ।
यसैबीच फोनिजले साधारण सभामा संस्थाको गतिविधिलाई समेटेर ‘फोनिज बुलेटिन’ प्रकाशन गर्ने जनाएको छ । पुस्तकमा नयाँ कार्यसमितिको सुरुवाती चरणदेखि हालसम्मका गतिविधिलाई समेटिने उनले बताए । फोनिजले प्रकाशन गर्न लागेको यो बुलेटिन दोस्रो हो भने यसअघि निवर्तमान सन्दिप श्रेष्ठको कार्यकालमा पहिलो पटक ‘फोनिज सन्देश’ विमोचन गरिएको थियो ।
फोनिजमा तामाङ पत्रकार संघ, तमु पत्रकार संघ, थारु पत्रकार संघ, नेवा पत्रकार राष्ट्रिय दबु, मगर पत्रकार संघ गरी जम्मा ५ वटा जनजातिका संगठनहरुको सहभागिता रहे पनि अन्य जातिको संगठन विस्तार हुने क्रममा रहेको छ । हाल फोनिजमा १३० जना जनजाति पत्रकार आवद्ध रहेका छन् । साधारण सभा इच्छाकामना गाउँपालिका वडा नं. ७ मा गरिने जनाइएको छ ।
बैठकमा संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, उपाध्यक्ष तुलमान गुरुङ, कोषाध्यक्ष सुनिल श्रेष्ठ तथा सदस्यहरु लगायत केन्द्रीय समितिहरुको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

फोनिज चितवनको नवौं साधारण सभा फागुनको दोस्रो साता, ‘फोनिज बुलेटिन’ प्रकाशन गरिने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39














