काठमाडौँ / नेपालमा लिङ्ग पहिचान गरी गरिने गर्भपतनका कारणले लैङ्गिक असन्तुलन देखिन थालेको छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतनले गर्दा छोराको संख्या बढ्दै गएकाले लैङ्गिक असन्तुलन देखिन थालेको हो ।
नेपाली समाजमा छोराप्रतिको बढ्दो चाहना र महिलालाई गरिने विभेदपूर्ण व्यवहारका कारणले छोरा जन्माउनै पर्ने कारणले गर्दा लैङ्गिक असन्तुलन हुनसक्ने देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखाका वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्मचार्यले मानिसमा छोरीभन्दा छोरा नै मोह बढी भएकाले लैङ्गिक असन्तुलन देखिएको बताए ।
“हाम्रो समाजमा अझै पनि छोरा नै चाहिने गर्दछ”, उनले भने, “गर्भमा नै छोरा वा छोरी छुट्याएर छोरी भए गर्भपतन गराउने गर्दछन् । जसले गर्दा छोरीको संख्यामा कमि आएको छ ।” गर्भमा नै छोरी भएपछि गर्भपतन गराउने भएकाले छोराको संख्या अस्वाभाविक वृद्धि भइरहेको उनले बताए ।
नेपालमा सामान्यता एक सय पाँच÷एक सय छ जना छोरा जन्मदा सय जना छोरी जन्मिने गर्दछन् । तर १२ जिल्लामा गरिएको अध्ययनमा सयजना छोरी जन्मिदा एक सय १० भन्दाबढी छोरा जन्मिएको देखाइएको उनले जानकारी दिए । तीमध्ये अर्घाखाँची जिल्लामा त एक सय २७ छोरा बराबर सयजना छोरी जन्मिएको अध्ययनमा देखाइएको छ ।
यस्तै सय जना छोरी बराबर भक्तपुरमा एक सय २३ जना छोरा, कास्की एक सय १७ जना छोरा ललितपुर र पाल्पा एक सय १४÷एक सय १४ जना छोरा, काठमाडौँ, कञ्चनपुर र रुपन्देहीमा एक सय १३÷एक सय १३ जना छोरा, गुल्मी, सप्तरीमा एक सय ११÷एक सय ११ जना छोरा तथा झापा र पर्वतमा एक सय १०÷एक सय १० जना छोरा जन्मिएको अध्ययनले देखाएको छ ।
छोरा जन्माउनकै लागि महिलाले पटक–पटक गर्भधारण गर्नुपर्ने बाध्यताले महिला र बच्चाको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै लैङ्गिक हिंसासमेत वृद्धि हुने देखिन्छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतनको कारणले भविष्यमा महिलाको संख्यामा कमी हुन गई जन्मदर र मृत्युदरमा असन्तुलन हुनसक्ने देखिने अध्ययनले देखाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षण अनुसारमा सामान्यता सयजना छोरी जन्मिदा एक सय पाँचजना छोरा जन्म हुनसक्ने बताएको छ । नेपालमा छोरी भन्दा छोरालाई उच्च प्राथमिकता दिने पितृसत्तात्मक मान्यता भएको र सोही अनुरुप छोरीभन्दा छोरा जन्माउने चाहना राख्ने भएको पाइन्छ । त्यसैले जन्मदरमा लैङ्गिक असन्तुलन देखिन थालेको हो ।
नेपालमा जन्मदरमा लैङ्गिक असन्तुलन देखिनुमा प्रजनन दर घट्नु, छोरालाई उच्च प्राथमिकता दिनु र भ्रुणको लैङ्गिक पहिचान गर्ने प्रविधिमा सहज पहुँच हुनु मुख्य कारण भएको अध्ययनले देखाएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले पनि प्रजनन दर घटेको देखाएको छ ।
सन् २००१ मा नेपालमा प्रति एक हजारमा चार दशमलव एक जना बच्चा रहेको थियो भने सन् २०२२ मा घटेर दुई दशमलव एक जनामा झरेको छ । महिलालाई गर्ने विभेदपूर्ण व्यवहारका कारणले गर्भमा छोरी पाइए महिलाले नै पटक–पटक गर्भपतन गराउनुपर्ने बाध्यता रहेको छ ।
अध्ययनमा पहिलो बच्चा छोरा हुने महिलाको दोस्रो बच्चाको लैङ्गिक अनुपातमा सन्तुलन देखिए पनि पहिलो बच्चा छोरी छ भने दोस्रो बच्चा जन्मदाको लैङ्गिक अनुपातमा असन्तुलन देखिएको छ । नेपालमा लैङ्गिक असन्तुलन देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीति (२०७८–२०८०) कार्यान्वयनमा ल्याएको छ । रणनीति अनुसार सन् २०३० सम्ममा विभेदपूर्ण लिङ्ग छनोट गर्ने प्रवृतिको अन्त्य गरिने उल्लेख गरिएको छ ।
रणनीतिअनुसार छोरीको महत्त्वलाई प्रोत्साहन गर्दै लैङ्गिक समानता कायम गर्ने, छोराछोरीको समान महत्व स्थापित गर्न किशोरी एवम् महिला केन्द्रीत सामाजिक तथा आर्थिक सशक्तिकरणका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, लिङ्ग पहिचान गरी गरिने गर्भपतन विरुद्धमा सोच र व्यवहार परिवर्तन ल्याउनेजस्ता कार्यक्रम गरिने उल्लेख छ ।
यस्तै सङ्घ प्रदेश र स्थानीय तहले लिङ्ग पहिचान गरिने गर्भपतनविरुद्ध आवश्यक नीति निर्माण गर्न र कार्यन्वयनमा ल्याउने, लिङ्ग पहिचानको आधारमा गरिने गर्भपतन गर्न चाहने दम्पती, परिवार र समाजको मान्यता र सोचमा परिवर्तन ल्याउनेछ । यस्तै रणनीतिमा छोराछोरीको समान महत्वलाई प्रवर्द्धन गर्न सामाजिक, सांस्कृतिक, परम्परा सोच, व्यवहार, मान्यता र धारणामा परिवर्तन ल्याइने, आर्थिक सशक्तिकरणका लागि उद्यम व्यवसायमा महिला र किशोरको अर्थपूर्ण सहभागितालाई प्रोत्साहन गर्ने, महिला तथा किशोरीको सामाजिक सशक्तीकरण गर्दै नेतृत्व विकासमा प्रवर्द्धन् गर्नेजस्ता कुरा समेटिएको छ ।
- ADVERTISEMENT -

नेपालमा लिङ्ग पहिचानबाट गरिने गर्भपतनले लैङ्गिक असन्तुलन बढ्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













