काठमाडौं / देशभरका विभिन्न जिल्लामा गरी शुक्रबार ५ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार, काठमाडौं, धनकुटा, रौतहट र प्युठान गरी चार छुट्टाछुट्टै जिल्लामा गरी ५ जना मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौंको शंखरापुर नगरपालिका–६ शलम्बुटारस्थित जंगलमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५५ वर्षीय पुण्यप्रसाद चौलागाई शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यता, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने इलाम घर भएकी ३६ वर्षीया सरु अर्याल राई आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरे बस्ने ७० वर्षीय मानबहादुर बस्नेत आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बस्नेतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी, रौतहटको गौर नगरपालिका–२ स्थित सुदर्शन आँखा अस्पताल नजिक भारत घर भएका ६० वर्षीय श्याम बहादुर यादव शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, प्युठानको ऐरावती गाउँपालिका–१ देउराली बस्ने बुद्धिराम सोमैको घरमा अर्घाखाँची ढाकावाङ घर बताउने मागी खाँदै हिँड्ने ८० वर्षीय कृष्ण खनाल शुक्रबार मृत अवस्थामा फेला परेको परेका छन् । यी सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
- ADVERTISEMENT -

छुट्टाछुट्टै दुर्घटनामा ५ जना मृत फेला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













