२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका किसानहरु माग पूरा नभएपछि पुनः सडक प्रदर्शन

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते

चितवन / किसानहरु माग पूरा नभएको भन्दै पुनः सडक प्रदर्शनमा उत्रिएका छन् । केही दिन अघि पनि किसानहरुले सडकमै तरकारी फालेर आन्दोलनमा उत्रिएका थिए । उनीहरु माग पूरा नभएको भन्दै सडक प्रदर्शनमा उत्रिएका हुन् ।
दोश्रो चरणको आन्दोलन स्वरुप शुक्रबार किसानहरुले कृषि औजार ट्रयाक्टरमा चढेर कालो बेलुन उडाउँदै सडक प्रदर्शन गरेका हुन् । भरतपुरको केन्द्रिय बसपार्कबाट सुरु भएको किसानहरुको ¥याली बाइपास रोड, अस्पताल रोड र पूर्वपश्चिम राजमार्ग हुँदै नारायणगढको पुलचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
सरकारले कृषि उपजको उचित मूल्य पाउने व्यवस्था मिलाउनु पर्ने, भारतीय तरकारीको आयातलाई सकभर रोक्ने नसके कडाई गर्नुपर्ने, किसानको पहिचान, बर्गीकरण र परिचयपत्रको व्यवस्था गरी सोही आधारमा सेवा सुविधा र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेर किसानहरु कालो बेलुनसहित सडक प्रदर्शनमा उत्रिएका थिए । भारतीय तरकारीका कारण आफूहरुको तरकारी बिक्नै छाडेको र बिक्रि भइ हाले पनि उचित मूल्य नपाएको किसानहरुको गुनासो छ ।
संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका किसानले आफूहरुको माग पूरा नभए अब सिंह दरबार घेर्न जाने चेतावनी दिएका छन् । संघर्ष समितिका संयोजक लेखनाथ भुषालले यसअघि सडकमा तरकारी फालेर आन्दोलन गरेपछि मन्त्रि र किसान आयोग आफूहरुलाई भेट्न आउनु बाहेक अरु केही काम गर्न नसकेको बताए । उनले अझै पनि आफूहरुको मागलाई बेवास्ता गरिए सिंहदरबार घेर्न पुग्ने चेतावनी दिए । अहिले चितवनलाई पुग्ने तरकारी आफूहरुले नै उत्पादन गरिहेको भन्दै उनले बाहिरबाट ल्याउन आवश्यक नरहेको बताए ।
उनले भारतबाट ल्याउनै परे कर लगाउनुका साथै विषादी परीक्षणको व्यवस्था गर्नुपर्ने माग राखे । पहिलो चरणको आन्दोलनमा तरकारी सडकमै फाल्दा पनि सरकारको ध्यान किसानतर्फ नगएकाले दोश्रो चरणको आन्दोलन गरी कालो बेलुन देखाएर सरकारको विरोध गर्न बाध्य भएको किसान धनु अधिकारी बताउँछिन् ।
आफूहरुको माग पूरा नगरेसम्म आन्दोलनबाट कति पनि विचलित नहुने र आन्दोलनलाई झन् सशक्त बनाउँदै लैजाने उनको भनाइ छ । प्रदशर्नका क्रममा किसानहरुले नेता सँधै हरिप जनता सँधै गरिब, अबको निकास आधुनिक कृषिको विकास, असक्षम कृषि नीति खारेज गरी वैज्ञानिक कृषि ऐन जारी गर, नो फार्मर नो फुड, किसानको उत्पादन सम्मान गर, विदेशी उत्पादन बहिष्कार गरौं, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं, बारीमा जाउँ भविष्य छैन खाडीमा जाउँ उमेर छैन लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51