२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सभ्य, सुरक्षित र संयमित भएर होली मनाउन आग्रह

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते
file photo.

चितवन / सभ्य, सुरक्षित र संयमित भएर होली पर्व मनाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । भोलि (सोमबार) फागुन २२ गते पहाडी भेग र फागुन २३ गते तराई हुने होली पर्वलाई लक्षित गर्दै कार्यालयले आग्रह गरेको हो ।
होलीको समयमा हुने संभावित घटना र दुर्घटना हुन नदिन आग्रह गरिएको चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीले बताए । होलीको नाममा कुनै अप्रिय र उश्रृंङ्खला गतिविधि हुन नदिन प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको उनको भनाइ छ ।
कसैको इच्छा विपरित रङ, लोला, मोबिल, मोसो, अण्डा, केमिकल र फोहोर पानी नछ्याप्न र त्यस्ता गतिविधि गरिएको पाइएमा कानुन अनुसार कारवाही हुने उनले बताए ।
यस्तै, महंगा गरगहना लगाएर होली नखेल्न, अपरिचित मानिसले दिएको खानेकुरा नखान, मादक पदार्थ सेवन नगरी सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरिएको छ । चितवन जिल्ला मध्य तराईका कारण दुबै दिन होली मनाउँदै आएको पाइन्छ ।
अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक र पर्यटकलाई कुनै किसिमको दुव्र्यवहार नगर्न, रेलिङ नभएको घरको छत र सडकमा होली नखेल्न र भिडभाड हुने स्थानमा पकेटमार तथा लुटपाटका घटनाका सम्भावना हुने भएकाले सावधानी अपनाउन चितवन प्रहरीले आग्रह गरेको छ ।
होली पर्वको नाममा कसैले गैरकानुनी कार्य गरेको पाएमा प्रहरीको नियन्त्रण कक्ष नम्बर १००, ट्राफिक प्रहरी नियन्त्रण कक्ष नम्बर १०३ र जिल्ला प्रहरी कार्यालय चितवनको नम्बर ०५६–५९४८५५, ९८५५०९०१३३ मा खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39