चितवन / भरतपुर ७, नारायणपुरमा स्थित उर्ग्यान न्होर्बु छ्योयलिङ गुम्बाले धर्मधातु स्तुपा (छोर्तेन) र म्हने दुङ्ग्युरमा र्हब्ने (प्राणप्रतिष्ठा) गरेको छ । भुटानबाट महागुरू बोलाएर गुम्बा परिसरमा निर्मित धर्मधातु स्तुपा (छोर्तेन) र म्हने दुङ्ग्युरमा र्हब्ने (प्राणप्रतिष्ठा) गरेको गुम्बाका अध्यक्ष आसमान तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार महागुरू क्याब्जे जटल साङ्गे दोर्जे रिम्पोछेको अमर स्मृतिमा निर्मित छोर्तेन र दुङ्ग्युरमा भुटानबाट आएका महागुरू क्याब्जे कथोक सितु रिम्पोछेमार्फत विधिवत तरिकाले पूजापाठ गरेर प्राणप्रतिष्ठा गरिएको हो ।
महागुरू साङ्गे दोर्जेको स्मृतिमा उनको परिवारका सदस्य एवम् बुद्धिसत्व फाउण्डेशनका अध्यक्ष गुरू साङ्गे रप्नेत, रप्तेनका बुबा कर्मा लामा र आमा पेञ्जोम लामाको संयुक्त लगानीमा छोर्तेन र म्हने निर्माण भएको हो । सोही छोर्तेन र म्हनेमा भुटानबाट आएका महागुरूसहित ३५ जना धर्मगुरूहरूको संयुक्त उपस्थितिमा प्राणप्रतिष्ठा गराइएको तामाङले बताए ।
उक्त कार्यक्रममा हज्जारौँ बौद्धमार्गीहरूको सहभागीता रहेको थियो । स्तुपा र म्हनेजस्ता संरचनालाई भगवानको रूपमा मान्ने बौद्धमार्गीहरूको धार्मिक परम्परा र मान्यता छ । सोही आधारमा बुधबार धार्मिक आस्थासँग जोडिएका र स्थानीयको बाक्लो उपस्थितिमा भव्य कार्यक्रम गरिएको अध्यक्ष तामाङले जानकारी दिए । भुटानबाट आएका महागुरू सितु रिम्पोछेलाई स्वागत गर्न बिहान नेवार समुदायको लाखे नाच र थारू समुदायको लाठीनाच समेत प्रदर्शन गरिएको थियो ।
वि.सं.२०६१ सालमा स्थापना भएको गुम्बामा दाताले करिब ८० लाख रूपैयाँभन्दा बढी खर्च गरेर छोर्तेन र म्हने निर्माण गरिदिएको गुम्बाका महासचिव चेतबहादुर तामाङले जानकारी दिए । ‘छोर्तेनमा करिब ५० लाख रूपैयाँभन्दा बढी खर्च भएको छ,’ उनले भने, ‘म्हनेमा पनि ३० लाख रूपैयाँभन्दा बढी नै खर्च भएको छ ।’ निर्माण सम्पन्न भएपछि छोर्तेन र म्हनेलाई जीवित तुल्याउन आवश्यक विधि र प्रकृयाको लागि बुधबार भुटानबाट आएका सात जना धर्मगुरूसहित ३५ जना धर्मगुरूहरूको समूह पूजापाठमा सहभागी भएको उनले बताए ।
त्यसबाहेक पनि गुम्बामा अभिषेक (छेवाङ) ग्रहण गरेको थियो । गुम्बाले विगत केही वर्षदेखि लामा पाठशालासमेत सञ्चालन गर्दै आइरहेको छ । करिब डेढ कठ्ठा क्षेत्रफलमा रहेको गुम्बाले गुम्बामा आवश्यक लामा तथा धर्म गुरूको उत्पादन गर्ने उद्देश्यले गुम्बा समितिकै आन्तरिक स्रोतबाट लामा पाठशाला सञ्चालन गर्दै आएको समितिका महासचिव तामाङले जानकारी दिए । गुम्बामा हरेक दिन तीन जना धर्मगुरूमार्फत नियमित पूजापाठसमेत सञ्चालन हुँदै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भुटानका महागुरूबाट उर्ग्यान गुम्बाको मूर्तिमा प्राणप्रतिष्ठा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














