इच्छाकामना / नेपाल मगर विद्यार्थी संघ चितवनले संस्था स्थापना दिवसको अवसरमा रानीखोला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्था स्थापनाको २८औँ वार्षिकोत्सवको अवसरमा इच्छाकामना–७, सिमलढापमा अध्ययनरत २८ जना मगर विद्यार्थीलाई वडाअध्यक्ष बमबहादुर थापामगरमार्फत कापी, कलम र झोलासहितको शैक्षिक सामग्री वितरण गरेको हो ।
मगर विद्यार्थी अक्षयकोषमार्फत शैक्षिक सामग्री वितरण गरेको संघका अध्यक्ष कुमार सिंजालीमगरले जानकारी दिए । सामुदायिक विद्यालयमा अध्ययनरत मगर विद्यार्थीको शैक्षिक भविष्यमा टेवा पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको उनले बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत कक्षा शिशुदेखि १० सम्मका विद्यार्थीलाई सहयोग गरिएको हो ।
आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक प्रगतिका लागि विद्यार्थी संघले देखाएको सहयोगी भावले विद्यार्थीसँगै विद्यालय परिवारमा थप उर्जा प्राप्त भएको भन्दै विद्यालयका प्रधानाध्यापक अर्जुन मगरले धन्यवाद दिए। ‘विद्यार्थीले विद्यार्थीलाई नै गरेको सहयोगले समाजमा सकारात्मक छाप छोड्नेमा विद्यालय परिवार विश्वस्त छौँ,’ उनले भने, ‘यो कार्यक्रमले अन्य समुदाय र संघसंस्थालाई पनि समाजप्रतिको उत्तरदायित्वबारे पाठ सिकाएको छ ।’
अक्षयकोषका अध्यक्ष निर्मल मगरले अक्षयकोषमा रहेको पाँच लाख रूपैयाँबाट आएको ब्याज रकमबाट विद्यार्थीकै शैक्षिक उन्नतिको लागि खर्च गर्दै आएको बताए । २०६६ सालमा मगर विद्यार्थी कल्याणकारी कोषको रूपमा स्थापना भएको कोषलाई विकसित रूप दिँदै २०७५ सालबाट अक्षयकोषको रूपमा स्थापना गरेपछि मगर विद्यार्थीको लागि थोरै भए पनि सहयोग गर्ने मौका मिलेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना–७ का वडाअध्यक्ष बमबहादुर थापामगरले विपन्न विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्नसमेत समस्या भइरहेका बेला मगर विद्यार्थीले देखाएको सदासायताले समग्र वडावासी नै खुसी भएको बताए । ‘स्थानीय सरकारलाई सफल बनाउनमा यस्तै संघसंस्थाको सहयोग आवश्यक छ,’ उनले भने, ‘जुन आज मगर विद्यार्थीले गरेर देखाएको छ ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रानीखोला माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












