२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

प्रकाशित मिति : २०७९ चैत्र ३ गते
File photo.

काठमाडौं / देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान भएको छ । नेपाल प्रहरीको दैनिक बुलेटिनका अनुसार, शुक्रबार कलैया, कास्की र चितवनमा भएको दुर्घटनामा परेर तीन जनाको ज्यान गएको हो ।
शुक्रबार बिहान बाराको कलैयामा बसको ठक्करबाट एक बालकको ज्यान गएको हो । बालमन्दिरस्थित सडकमा ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट भारत मुझफरपुर घर भई हाल कलैया उपमहानगरपालिका–१ मोतिबाग बस्ने बिनोदकुमार सोनारका ३ वर्षीय छोरा कार्तिककुमार सोनारको ज्यान गएको भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बसको ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा ज्यान गएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
त्यस्तै, कास्कीमा भएको सवारी दुर्घटनामा परेर एक युवतीको ज्यान गएको छ । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग.१ ख ७१०८ नम्बरको बसले ग.१९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक युवती २४ वर्षीया दिक्षा कार्कीको ज्यान गएको हो ।
झापा दमक नगरपालिका–४ की स्थायी वासिन्दा कार्की पछिल्लो समय पोखरा महानगरपालिका–५ पर्स्याङ बस्दै आएकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
त्यसैगरी, चितवनमा भएको लोडर दुर्घटनामा सह–चालकको ज्यान गएको छ । जिल्लाको ईच्छाकामना गाउँपालिका–२ बिप्राङस्थित सडकमा दारेचोकदेखि शक्तिखोर जाने सडक खन्दै गरेको साङ्छी आदर्स कन्ट्र्क्सनको नम्बर नखुलेको लोडर दुर्घटना हुँदा सह–चालक ४२ वर्षीय नवीन गुरुङको घटनास्थलमै ज्यान गएको हो । गुरुङ सोही गाउँपालिका–६ चण्डी भन्ज्याङका स्थायी बासिन्दा हुन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52