–बबिलाल तामाङ
चितवन । नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष सोम गोले तामाङले नेतृत्वमा रहने जोकोहीले संगठनको उद्देश्य, काम, कर्तव्य र अधिकारको बारेमा दिलैदेखि बुझ्न पर्ने बताएका छन् ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनको पाँचौ अधिवेशनमा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उपाध्यक्ष तामाङले शनिबार सो बताएका हुन् ।
उनले संस्कार र संस्कृतिलाई स्थापित गर्न सबै विचारका व्यक्तित्वहरुलाई बढाएर घेदुङ एक ढिक्का बनाई सिंगो तामाङलाई संगठित गर्नुपर्ने उनको भनाइ थियो । ‘अहिले तामाङहरुको पहिचान बिस्तारै मेटिदै गएको छ’ उनले भने, ‘अर्काको कारण नभइ आफ्नै पछौटेपनले हो ।’
हिजो राज्यले तामाङ समुदायलाई दबाएको र विभिन्न अवसरबाट बन्चित गरेको उनको भनाइ थियो । देशमा गणतन्त्र आएसँगै पछिल्लो समय तामाङ समुदायले बोल्न पाउने अधिकार सँगसँगै राज्यको विभिन्न तहतप्कामा उपस्थिति जनाएको बताए ।
उनले तामाङको घरघर, टोलटोलमा गएर हाम्रो समाज चलिआएका संस्कार, संस्कृति, धर्म, भाषा, लिपि र भेषभूषाको बारेमा जानकारी दिन जरुरी भएको बताए । हाम्रो धर्म र संस्कारलाई त्यागेर र बहिस्कार गर्दै हाम्रो पहिचान खोज्न कदापि नसकिने उनको जिकिर थियो ।
विचार राजनीति खोज्न लागेमा तामाङको अगुवा कहिल्यै खोज्न नसकिने बताउँदै कुनै पनि नेताको झोले बन्न नहुने उनको आग्रह थियो । नेतृत्वले संस्कार, संस्कृति र भाषाको रक्षा गर्न सक्ने हुनुपर्ने उनको धारणा थियो ।
उक्त पाँचौ अधिवेशनबाट बाबुलाल थिङ अध्यक्षमा निर्वाचित भएका छन् । भरतपुरको जिल्ला समन्वय समिति चितवनको सभाहल सम्पन्न उक्त अधिवेशनबाट २१ सदस्यीय रहने गरी कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षहरुमा निलिमा गोङ्बा, पानुमाया तामाङ, नरजङ तामाङ र सचिवमा सन्देश घलान निर्वाचित भएका हुन् भने कोषाध्यक्षमा आइतीमाया तामाङ र सहसचिवहरुमा जितबहादुर तामाङ, डम्बरबहादुर तामाङ छानिएका छन् ।
यस्तै सदस्यहरुमा यमबहादुर तामाङ, बोधबहादुर गोले, अशोक पाख्रिन, धनबहादुर तामाङ, माया तामाङ, बुद्धिमाया तामाङ चयन भएका छन् ।
नवनिर्वाचित सचिव घलानका अनुसार १७ सदस्यीय कार्यसमिति गठन हुनुपर्नेमा हाल १४ सदस्यीय मात्र भएको छ भने रत्ननगर र खैरहनी नगरपालिकाबाट ३ जनालाई कार्यसमितिको पहिलो बैठकबाट पूर्णता दिने जानकारी दिए ।
घेदुङको संघीय विधानतः २१ सदस्यीय कार्यसमिति गठन गरिने प्रावधान रहेको छ भने तत्काल १७ सदस्यीय मात्र कार्यसमिति गठन गरिने उनको भनाइ छ । उनले थप ४ जना भने तामाङ समुदायबाट बुद्धिजीवी सर्कलका व्यक्तित्वहरुलाई मनोनयन गरिने बताए । नवनिर्वाचित अध्यक्ष थिङले संस्थागत विकास र उन्नतिका लागि मिडियामैत्री बनाउँदै तामाङ समुदायको समाज रुपान्तरणमा जोड दिने बताए । समुदायमा तामाङको संस्कार, संस्कृति, धर्म, भाषा, लिपि र भेषभूषाको प्रचार प्रसार ब्यापक बनाउने उनको भनाइ छ ।
कार्यक्रममा राप्ती नगरपालिका निवर्तमान उपमेयर इमानसिंह लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका राजेश रुम्बा लामा, फोनिज चितवनका अध्यक्ष रमेश राना मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल तामाङ घेदुङ चितवनका कार्यवाहक अध्यक्ष मैतसिंह घिसिङको सभापतित्वमा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

तामाङ समुदायलाई संगठित बनाउन जोड

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34









