२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनको माडीमा इमेज इन्स्टिच्यूटको पाँचौ शाखा

प्रकाशित मिति : २०७९ चैत्र २५ गते

माडी / विगत १८ वर्षदेखि निरन्तर सेवारत शहीदचोक, नारायणगढमा अवस्थित इन्स्टिच्यूट प्रा.लि.ले माडीमा शाखा कार्यालय स्थापना गरेको छ । माडी नगरपालिका वडा नं. ३ स्थित बसन्तपुर बजारमा शुक्रबारदेखि पाँचौ शाखा कार्यालयको रुपमा सेवा शुभारम्भ गरिएको प्रा.लि.का प्रबन्ध निर्देशक मोहन बुढाथोकीले जानकारी दिए ।
माडी नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पुरन महतोले सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । प्रमुख अतिथि महतोले माडीका विद्यार्थीहरुका लागि लक्षित गर्दै सेवा दिन थालेपछि शहर केन्द्रित हुने झन्झटबाट मुक्त हुने बताए । इमेजले जापानिज भाषा पढ्नका लागि शहर केन्द्रित हुनुपर्ने र कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यतालाई सहजीकरण गरेको उनको भनाइ थियो ।
कार्यक्रममा इमेज इन्स्टिच्यूट प्रा.लि. माडी सम्पर्क कार्यालयका प्रमुख नविन बस्यालले सबैको साथ र सहयोग लिएर उचित परामर्श दिँदै माडीबाट यात्रा सुरु गरिएको बताए । सो अवसरमा हालै निर्वाचित भएका माडी क्याम्पसका स्ववियु सभापति राकेश चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा माडी मावि व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ ओझा, माडी क्याम्पसका स्ववियु सभापति राकेश चौधरी, इमेजका निर्देशक सुजिना बुढाथोकी, म्यानेजर कपिल बुढाथोकी, चनौली शाखाका प्रमुख केशव सापकोटा, गोरखा शाखा प्रमुख आशिका रसाईली, बजार प्रमुख अच्युत खत्री, जनकल्याण माविका शिक्षक विमल केसीलगायतको उपस्थिति थियो ।
इमेजको अन्य शाखाहरु चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा रहेका छन् भने उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउँदै आएको छ । सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवि परामर्शदाताका कारण इमेज इन्स्टिच्यूट चितवनमा लोकप्रिय बन्दै गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22