२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तामाङ पत्रकार संघ चितवनको भित्तेपात्रो विमोचन आज

प्रकाशित मिति : २०८० बैशाख ७ गते

–प्रतिमा तामाङ
भरतपुर । तामाङ पत्रकार संघ, जिल्ला शाखा चितवनले २०८० सालको भित्तेपात्रो विमोचन गर्दैछ । आज (बिहीबार) विशेष कार्यक्रम आयोजना गरी भित्तेपात्रो प्रकाशन तथा शुभकामना आदानप्रदान गर्ने तयारी गरिएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए । चितवनमा रहेर विभिन्न सञ्चारमाध्यमहरूमा आवद्ध रहेका तामाङ सञ्चारकर्मीहरूको संगठनले आमाको मुख हेर्ने दिनलाई विशेष अवसर पारेर कार्यक्रम गर्ने तयारी गरेको उनले बताए ।
संघले हरेक वर्ष भित्तेपात्रो प्रकाशन गर्दै आएको छ । भित्तेपात्रोमा तामाङ समुदायको संस्कृति झल्कने टोपी, समुदायले गर्ने विभिन्न बाजा तथा घरायसी सामग्रीलाई भित्तेपात्रोमा समावेश गरिएको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको संघले जनाएको छ ।
संघले संस्थागत गतिविधिमा महत्वपूर्ण योगदान दिने एक जना तामाङ सञ्चारकर्मीलाई सम्मान गर्ने तयारी गरेको समेत उनले बताए । कार्यसमितिका सह–सचिव सन्तोष तामाङलाई सम्मान गर्ने निर्णय भएको अध्यक्ष तामाङले बताए । वि.सं. २०७८ सालको अधिवेशनबाट कार्यसमितिमा निर्वाचित नमस्ते टेलिभिजनकर्मी तामाङले संस्थाको हरेक गतिविधिमा महत्वपूर्ण योगदान दिएकाले सम्मान गर्न लागिएको हो ।
‘भाषा तालिम’को तयारी
संघमा आवद्ध तामाङ सञ्चारकर्मीहरूले तामाङ समुदायको पहिचान र मुद्दालाई पत्रकारितामार्फत उजागर गर्दै आएको छ । तामाङ समुदायको लोप हुन लागेको भाषा, संस्कृति र पहिचानलाई जीवित राख्नको लागि निकट भविष्यमै ‘तामाङ भाषा प्रशिक्षण’ गर्ने तयारी गरिएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा करिब ४० जना तामाङहरूलाई सहभागी गराई भाषा कक्षा सञ्चालन गरिनेछ । उक्त कार्यलाई निरन्तरता दिँदै जाने तयारी गरिएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86