२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन–२ उपनिर्वाचन : कांग्रेस र एमालेलाई रास्वपाकै डर

प्रकाशित मिति : २०८० बैशाख ७ गते

–बबिलाल तामाङ
भरतपुर । चितवनमा मौसमसँगै चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ । स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी परेको चितवन–२ को उपनिर्वाचनमा गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोहोरिने प्रयासमा छन् भने पुराना दल नेपाली कांग्रेस र नेकपा एमाले पुरानो शाख जोगाउने ध्याउन्नमा छन् ।
यसअघि दुई पटकसम्म चुना जितेर पनि कुनै लछारपाटो लगाउन नसकेपछि तेस्रोपटक उम्मेदवार बनेका नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले लज्जास्पद हार व्यहोरे । नेपाली कांग्रेसबाट उम्मेदवार बनेर आएका उमेश श्रेष्ठलाई पनि चितवन–२ ले विश्वास गरेनन् । मतदाताले जिताएर पठाएका रास्वपाका सभापति रवि लामिछानेको नागरिकता विवादपछि सांसदसँगै उपप्रधान तथा गृहमन्त्री पद नै खारेज भएपछि हुन लागेको उपनिर्वाचनमा अहिले पनि यी तीनै दल मुख्य प्रतिष्पर्धीको रूपमा अघि सरेका छन् ।
राजनैतिक वितृष्णाको फाइदा उठाएर भारी मतान्तरले चुनाव जितेका रवि लामिछानेलाई यसपटक त्यति सहज नदेखिए पनि कांग्रेस, एमालेलाई पनि चुनाव जित्न सहज छैन । तर, कांग्रेस एमालेले आफ्नो दल र उम्मेदवारको मूल मुद्धालाई मतदातासमक्ष राख्नुको सट्टा एकोहोरो रवि लामिछानेलाई गाली गरेरै बिताएपछि त्यसले रवि लामिछानेलाई नै फाइदा हुने आँकलन गरिएको छ ।
टेलिभिजनकर्मीकै रूपमा कार्यरत रहँदादेखि नै विवादित छवि बनाउँदै आएका रवि लामिछाने भने चितवनमा आफ्नो उम्मेदवारीसँगै तनहुँ–२ र बारा–२ मा आफ्ना उम्मेदवारलाई जिताउन दौडिएका छन् । रास्वपा ‘एकको बदला तीन’ नारा लिएरै उपनिर्वाचनमा होमिएको छ ।
तीनै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार जिताउन लागी परेका रवि लामिछानेका विरूद्धमा कांग्रेस एमाले भने आक्रमक बनेर प्रचारप्रसारमा लागेको छ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई चितवनमा खटाएको छ भने नेकपा एमालेले करिब दुई महिनादेखि गोकुल बाँस्कोटालाई खटाएको छ । एमालेले नेता योगेश भट्टराईलाई पनि चितवनमा खटाएको थियो । यति हुँदा पनि दुई ठूला दललाई रवि लामिछाने नै मुख्य तारो बनेका छन् ।
रवि लामिछानेलाई जिताउन भने हरि ढकाल, डा तोसिमा कार्की, सोविता गौतम, रमेश प्रसाईँलगायतका नेताहरू खटिँदै आएका छन् । उनीहरूले चितवनमा मात्र नभई बारा र तनहुँमा पनि आफ्ना उम्मेदवार जिताउन मरिमेटेरै लागेका छन् ।
उम्मेदवारी दर्तामा दुई दर्जन नाम भए पनि मुख्य प्रतिष्पर्धामा देखिएका यी तिनै दलका नेता तथा उम्मेदवार गाउँगाउँ पुगेर चुनावी घरदैलोमा सक्रिय बनेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51