–बबिलाल तामाङ
भरतपुर । चितवनका तामाङ समुदायले बुद्ध जयन्ती मनाउने तयारी गरेका छन् । हरेक वर्ष चण्डीपूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । सोहीअनुसार यसवर्ष पनि धुमधामका साथ बुद्ध जयन्ती मनाउने तयारी गरिएको हो । यसवर्षको बुद्ध जयन्ती यही बैशाख २२ गते परेको छ । उक्त दिन बौद्धमार्गीहरूले विशेष तरिकाले बुद्ध जयन्ती मनाउँदै आएका छन् ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङका अनुसार यसपटकको बुद्ध जयन्ती सबैले आफूलाई पायक पर्ने गुम्बाहरूमा भेला भई मनाउन आग्रह गरिएको छ । केन्द्रबाट केही जानकारी नआएकाले यसपटक आफूअनुकूल बुद्ध जयन्ती मनाउन सबै इकाइ तथा तामाङ समुदायमा आग्रह गरिएको उनको भनाइ छ । घेदुङ तामाङ समुदायको छाता संगठन हो । घेदुङले तामाङ समुदायको हक अधिकार र मुद्दाका लागि लड्दै आएको छ ।
यसैबीच भरतपुर नगर तामाङ समाजकी अध्यक्ष पासाङ तमाङले भरतपुर–११ भोजाडस्थित छेच्यू थर्पलिङ गुम्बामा बुद्ध जयन्ती मनाउने तयारी गरेको बताइन् । बुद्ध जयन्तीको पूर्वसन्ध्यामा गुम्बा परिषरमा सरसफाइसमेत गरिएको छ । गुम्बामा आउने भक्तजनहरूलाई प्रसादस्वरूप नास्ता तथा खीरको व्यवस्था गरिने उनले बताइन् । तामाङ समुदायलगायत सम्पूर्णलाई उक्त दिन गुम्बामा आउनसमेत उनले आग्रह गरेकी छन् । छेच्यू थर्पलिङ गुम्बामा समाजले वर्षेनि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
यसैगरी भरतपुर–११, लामाटोलमा रहेको विश्व पञ्चशील शान्ति बौद्ध गुम्बामा पनि बुद्ध जयन्ती मनाउने तयारी गरिएको गुम्बाकी अध्यक्ष शिवकुमारी लामाले जानकारी दिइन् । लामाटोलको आमा समूहद्वारा निर्माण गरिएको उक्त गुम्बामा हरेक वर्ष बुद्ध जयन्तीमा पूजापाठ, बुद्ध प्रवचन हुने गर्दछ ।
यसपटक पनि सोहीअनुसार तयारी गरिएको उनले बताइन् । उनका अनुसार गुम्बामा बैशाख २१ गते बिहीबार र २२ गते शुक्रबार लामा पाठ (प्रवचन) गराउने कार्यक्रम छ ।
बौद्ध धर्मावलम्बी तथा भक्तजनहरूलाई बुद्ध जयन्तीको दिन गुम्बामा सहभागी भइदिन पनि उनले आग्रह गरेकी छिन् ।
गुम्बाले तामाङ समुदायसँग सम्बन्धित विभिन्न खालका चाडपर्वलाई उच्च प्राथमिकताका साथ मनाउँदै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका तामाङ समुदाय बुद्ध जयन्ती मनाउने तयारीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













