२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सगरमाथा आरोहण सुरु

प्रकाशित मिति : २०८० बैशाख ३१ गते
file photo.

काठमाडौं / यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका एक जना फोटोग्राफर र नौ जना शेर्पा दक्ष कामदार ९आइसफल डाक्टर० ले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाएर आरोहण सुरु गरेका हुन् ।
नेपाल पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनबाट बाटो बनाउने काममा खटिएका शेर्पाको टोलीले शनिबार सगरमाथा शिखरसम्म डोरी टाँग्ने काम सम्पन्न गरेर सगरमाथा आरोहणको सुरुवात गरेको जानकारी दिए ।
उनले भने, “नौ जना शेर्पा आरोहीको टोली शुक्रबार राति सगरमाथाको चौथो शिविरमाथिको बाटो खुलाउने काममा खटिएको थियो । सो टोलीले आरोहण खुला गरेसँगै आरोहणको पर्खाइमा रहेका सयौँ आरोही चौथो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।”
उनले आरोही शेर्पाहरूलाई चुचुरोसम्मको बाटो निर्माणमा आधार शिविरबाट इमाजिन नेपालका प्रबन्ध निर्देशक एवं चर्चित आरोही मिङ्मा शेर्पाले संयोजन गर्नुभएको जानकारी दिए । रोलवालिङ दोलखाका दावा ग्याल्जे शेर्पाको नेतृत्वमा खटिएको शेर्पा आरोहीको टोलीमा थामे सोलुखुम्बुका ङिमा निरु शेर्पा, लाक्पा शेर्पा, फुर गेल्जेन शेर्पा, लाक्पातेन्जिङ शेर्पा, दावाजाङ्बु शेर्पा, सङ्खुवासभाका दिपेन गुरुङ, फोर्चे सोलुखुम्बका पासाङ ङिमा शेर्पा र गोरखाका सुमन गुरुङ छन् ।
इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले बाटो खुलेसँगै आइतबार बिहान ७ देखि १० बजेको बिचमा पहिलो आरोहण टोली सगरमाथामा पुग्ने विश्वास व्यक्त गरे । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतीक्षामा रहेका आरोहीहरू चुचुरोतर्फ लागेको बताउँदै उनले वैशाख ३१ देखि जेठ ६ गतेसम्म आरोहणका लागि उपयुक्त मौसम रहेकाले धेरै आरोही चुचुरोमा पुग्नसक्ने बताए ।
सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ । यस वर्ष सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । (यो समाचार गोरखापत्र दैनिकमा छ ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45