२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा अघोषित लोडसेडिङ, जनतालाई सास्ती

प्रकाशित मिति : २०८० जेष्ठ २ गते

चितवन / अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि जनताले सास्ती झेल्नु परेको छ । चितवनमा पूर्वसूचना र तालिका बिना लोडसेडिङ हुन थालेपछि व्यवसायीसँगै सर्वसाधारणले सास्ती झेल्नु परेको हो । विद्युत् आउने र जाने हुदा विद्युतीय सामग्रीहरु बिग्रने सम्भावना पनि बढ्दै गएको छ ।
चितवनमा पछिल्लो केही दिन यता दिनमा लामो समय लोडसेडिङ हुने र बिहान बेलुका झ्याप झ्याप विद्युत् आउने जाने गरेको छ । जसले गर्दा औद्योगिक क्षेत्रमा समस्या भएको छ भने गर्मीको समयमा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । अहिले भरतपुर क्षेत्रका सडकहरु छ लेन बनाउने क्रममा तार भूमिगत सँगै पोलहरु सार्ने काम धमाधम भएकोले दैनिक विद्युत् कटौंती भएको विद्युत् प्रधिकरण भरतपुर बितरण केन्द्रको दाबी छ ।
‘सधै एकै क्षेत्रको विद्युत् कटौती गरिएको छैन । हामीले क्षेत्र छुट्याएर दैनिक विद्युत् कटौंती गरेका छौँ र पोल सार्ने सँगै तार भूमिगत गर्ने काम गरेका छौँ’, विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । कार्यालयका अनुसार अहिले जिल्लामा ३० देखि ४० मेगावाट बिजुली आवश्यक रहेको छ ।
त्यस्तै दिउँसोमा पोल सार्न विद्युत काटिए पनि बिहान बेलुका ओभर लोड भएर विद्युत सर्टडाउन हुँदा लोडसेडिङ भएको हो । जिल्लामा पछिल्लो समय पोल सार्न दैनिकरुपमा बत्तीजान थालेपछि औद्योगिक क्षेत्रले भने करोडौँको घाटा भोग्नु परेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण क्षेष्ठले बताए ।
उनका अनुसार विद्युत् कटौंती हुँदा प्लास्टिक उद्योग, चिस्यान केन्द्र धेरै मर्कामा छन् । श्रेष्ठ भन्छन्, ‘चार र पाँच घण्टा लगाएर कच्चा पदार्थ तताउन पर्ने र बत्ती गएपछि पुनः तताउँदा उद्योगलाई आर्थिक भार पर्ने गर्छ ।’ जसको कारण उत्पादन लागत बढ्ने र उपभोग्य वस्तुको मूल्यमा पनि वृद्धि हुने गर्छ ।
कतिपय टहरामा सञ्चालन गरिएका विद्यालयहरुमा बत्ती नहुदा सञ्चालन गर्न कठिन भएको भन्दै बत्ती गएको समयमा विद्यार्थीलाई बिदा दिने गरिएको छ । यसरी बिनासूचना बत्ती काट्नुको भित्री खेल प्राधिकरणका कर्मचारीहरुले इन्भर्टरको व्यापार बढाउने भित्री साँठगाँठ त होइन भनेर कतिपय नागरिकले आशंका गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51