–बबिलाल तामाङ
चितवन / तामाङ संचारकर्मीहरूको छाता संगठन तामाङ पत्रकार संघले राष्ट्रिय भेलाको तयारी गरेको छ । संघका केन्द्रीय अध्यक्ष सुभाष तामाङका अनुसार देशैभरका प्रत्येक जिल्लाबाट तीन जना प्रतिनिधि सहभागी गराउने गरी भेलाको तयारी भइरहेको छ ।
यही जेठ ५ र ६ गते काठमाडौँको नक्सालमा भेला गर्न लागेको हो । उनका अनुसार भेलामा जिल्ला तथा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइने छ । त्यसका साथै तामाङ पत्रकारहरूको हितको लागि अक्षयकोष सार्वजनिकीरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
संघका महासचिव तीर्थमान बलका अनुसार भेलाको पहिलो सत्रमा रजिष्ट्रेशन र उद्घाटन हुनेछ । दोस्रो सत्रमा जिल्ला, प्रदेश र प्रवास शाखाको रिपोर्टिङ गरिने र तेस्रो सत्रमा छलफल तथा अन्तक्र्रिया गरिने छ । गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार सदस्य वंशलाल तामाङ र बुढानीलकण्ठ नगरपालिका, काठमाडौंका उपमेयर अनिता लामाको उपस्थितिमा हुने ‘स्थानीय तहमा तामाङको मुद्दा र कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रियाले तामाङ पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ ।
दोस्रो दिन भने पहिलो सत्रमा प्रशिक्षणात्मक कार्यक्रम हुने महासचवि बलले जानकारी दिए । ‘तामाङ पत्रकार संघको सांगठनिक विकासक्रम र वर्तमान नेतृत्वको कार्यभार’ विषयमा हुने प्रशिक्षणपछि पत्रकारहरूको क्षमता अभिवृद्धि र स्रोत पहिचान कार्यक्रम हुनेछ । यस्तै ‘तामाङ पत्रकारिता ः मुद्दा र प्रभावकारी’ विषयमा पनि छुट्टै कार्यक्रम हुनेछ ।
दोस्रो सत्रमा ‘समावेशी सञ्चार र पत्रकार आचारसंहिता’ विषयमा कार्यक्रम हुनेछ । दुई दिने भेलामा संघका पूर्वअध्यक्ष जगतमान लामा दोङ, सल्लाहकार एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष अमरध्वज लामा, सल्लाहकार कुमार यात्रुलगायतका अग्रज पत्रकारहरू स्रोत व्यक्तिको रूपमा उपस्थित हुनेछन् ।
त्यसका आलवा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, बागमती प्रदेश प्रेस रजिष्ट्रार रेवती सापकोटालगायतका व्यक्तिहरूले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको संघले जनाएको छ । भेलामा संघले स्मारिकासमेत विमोचन गर्ने कार्यक्रम तय भएको छ । भेलामा देशभरबाट ६० जना तामाङ पत्रकारहरूको उपस्थित रहने छ । तामाङ सत्रकारहरूको संख्या देशभर करिब चार सय बढी रहेको संघले जनाएको छ ।
- ADVERTISEMENT -

तामाङ पत्रकार संघ ‘राष्ट्रिय भेला’ को तयारी गर्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11













