–बबिलाल तामाङ
चितवन / तामाङ सञ्चारकर्मीहरुको छाता संगठन तामाङ पत्रकार संघको ‘पहिलो राष्ट्रिय भेला’ भोलि र पर्सी (शुक्रबार र शनिबार) हुने भएको छ । अर्थात् यही जेठ ५ र ६ गते ‘पहिलो राष्ट्रिय भेला’ नक्साल काठमाडौँमा हुन लागेको संघका केन्द्रीय अध्यक्ष सुभाष तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देशैभरका तामाङ पत्रकारहरुको भेटघाट, संस्थागत परिचयको अपग्रेडलगायत विभिन्न कार्यक्रमको लक्ष्यसहित पहिलो पटक राष्ट्रिय भेला गर्न लागेको उनले बताए ।
भेलामा दश लाख बराबरको तामाङ पत्रकार अक्षयकोष स्थापनाको घोषणा गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । उक्त कोषको ब्याजबाट विभिन्न सामाजिक कार्य तथा पत्रकार हकहितको लागि खर्चिने बताइएको छ ।
सो अवसरमा संघले तामाङ पत्रकारहरुको अनुभव र सफलताको कथा बोकेको स्मारिका प्रकाशन गर्ने भएको छ । जसअन्तर्गत अमरध्वज तामाङ, जगत दोङ, फूलमान बल, नेत्र तामाङ, रविन्द्र तामाङ, दिपेन्द्र तामाङ, प्रतिक तामाङलगायतको अनुभव र सफलताको कथा समावेश हुनेछन् ।
उक्त भेलामा ६० जना तामाङ पत्रकारहरुको सहभागी हुने लक्ष्य राखिएको छ । देशभर २२ जिल्ला, दुई प्रदेश र एक प्रवासमा समेत संगठन विस्तार भइसकेको छ भने चार सय बढी तामाङ पत्रकारहरु संचार क्षेत्रमा आबद्ध छन् । संघले विभिन्न समयमा पहिचानमूलक तामाङ पत्रकारिता लेखनवृत्ति, तामाङ मिडिया अवार्ड, दीपेन्द्र दोङ तामाङ स्मृति पत्रकारिता पुरस्कारहरु प्रदान गर्दै आएको छ ।
तालिका अनुसार जेठ ५ गते पहिलो सत्रमा बिहान ११ बजे प्रमुख अतिथिबाट उद्घाटन र दोस्रो सत्रमा जिल्ला, प्रदेश र प्रवास शाखाको रिपोर्टिङ गरिने तय भएको छ । यस्तै तेश्रो सत्रमा ‘स्थानीय तहमा तामाङको मुद्दा र कार्यान्वयनको अवस्था’ विषयक रहने छ ।
जेठ ६ गतेको पहिलो सत्रमा ‘तामाङ पत्रकार संघको सांगठनिक विकासक्रम र वर्तमान नेतृत्वको कार्यभार’, ‘पत्रकारको क्षमता अभिवृद्धि र स्रोत पहिचान’ र ‘तामाङ पत्रकारिता : मुद्दा र प्रभावकारिता’ विषयमा प्रस्तुति दिने कार्यक्रम हुनेछ । यस्तै दोस्रो सत्रमा ‘समावेशी सञ्चार र पत्रकार आचारसंहिता’ र ‘मातृभाषा पत्रकारिता प्रेस रजिष्ट्रार कार्यालयको भूमिका’ विषयमा प्रस्तुति छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

तामाङ पत्रकार संघको राष्ट्रिय भेला : बागमती प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













