May 5, 2024

मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द, जेठ १५ मा बजेट भाषण

May 26, 2023

काठमाडौं / आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।
अर्थ मन्त्रालयका अनुसार, सचिवस्तरीय निर्णयबाट जेष्ठ ११ (बिहीबार) देखि १६ जेष्ठ गतेसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले जेष्ठ १५ मा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ ।
वार्षिक बजेट प्रणालीमा आवद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सबै कार्यक्रमको तयारी र त्यसका लागि आवश्यक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको प्रणाली एलएमबीआईएस हो ।
नयाँ बजेटको तयारीमा लाग्नु पर्ने भएसँगै यो अवधिमा प्रणाली बन्द गर्नु परेको मन्त्रालयको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -