२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ब्राइट स्टार र वाल्मिकीको लगातार दोस्रो जित

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते

चितवन / ब्राइट स्टार आवासिय मावि र वाल्मिकी शिक्षा सदनले भरतपुरमा जारी हानामी अन्तर विद्यालय फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् ।
सोमबार सम्पन्न पहिलो खेलमा ब्राइट स्टारले मुनलाइट स्कुल वीरगन्जविरुद्ध उत्कृष्ट पुनरागमन जित हात पा¥यो । २ गोलले पछि परेको ब्राइट स्टारले पुनरागमन गर्दै मुनलाइटलाई सडन डेथमा स्तब्ध बनायो ।
खेलमा मुनलाइटले सुरुवाती अग्रता लिएको थियो । लभ गोसाईले खेलको १९ औं मिनेटमा गोल गर्दै मुनलाइटलाई अग्रता दिलाएका थिए । लगत्तै २० औं मिनेटमा एलेक्स तामाङले गोल गर्दै मुनलाइटको अग्रता दिलाएका थिए ।
पहिलो हाफमा २ गोलले पछि परेको ब्राइटस्टार दोस्रो हाफमा खेलमा फर्कियो । उसका लागि कप्तान मनिक आले मगर र रोहन परियारले गोल गरे । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलियो । तर टाइब्रेकरमा पनि ४–४ को बराबरीपछि सडन डेथमा ब्राइटस्टारले बाजी मा¥यो । ब्राइटस्टारका रोहन म्यान अद दि म्याच भए ।
आजको दोस्रो खेलमा वाल्मिकीले आदर्श पब्लिक स्कुललाई २–१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाएको छ । वाल्मिकीको जितमा एलेक्स सरोज गुरुङ र अभय खरेलले गोल गरे । आदर्शका मन्जिल थापाले गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै एलेक्सले गोल गर्दै वाल्मिकीलाई अग्रता दिलाए । १० औं मिनेटमा अभयले वाल्मिकीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ११ औं मिनेटमा मन्जिलले गोल गरे पनि आदर्शको हार टार्न सकेनन् । वाल्मिकीका विवेक शाही म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा होली भिजन स्लुल र स्काई राइडर दिउँसो ४ बजे भिड्नेछन् । यस्तै दोस्रो खेलमा ५ बजे सनराइज स्कुल र ग्राण्डी स्कुल भिड्नेछन् ।
भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगिता असार २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45