२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा नागरिकता पाउने ८८ मध्ये ३९ जना वंशज

प्रकाशित मिति : २०८० असार १२ गते

चितवन / चितवनमा एकै दिन जन्मका आधारमा बुबाआमाको नेपाली नागरिकता भएका ३९ सन्तानले वंशजको नागरिकता पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको आधारमा नागरिकता पाउन थालेका हुन् ।
जिल्ला प्रशासनका कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार ८८ जनाले आइतबार कार्यालयबाट नागरिकता बनाएकोमा ३९ जना बुबाआमाको जन्मका आधारमा नागरिकता भएकाहरू थिए । सर्वोच्चले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ऐन कार्यान्वयनको बाटो खुलेको हो ।
ग्रुप फर सिटिजनसिप नेपालका संयोजक शिवु क्षेत्रीका अनुसार वर्षौँदेखि नागरिकताबाट वञ्चित भएर अनागरिक भएकाहरूले नागरिकता पाएसँगै उत्साहित भएका छन्। चितवनमा मात्र उमेर पुगेर पनि नागरिकता नभएका चार हजारभन्दा बढी छन् ।
तर, वडा कार्यालयले सहज रूपमा सिफारिस नदिँदा उनीहरूलाई समस्या भएको छ । उनले भने, ‘सम्बन्धित निकायले यस विषयमा चासो देखाउन आवश्यक छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39