२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन खबरले मनाए १२औँ वार्षिकोत्सव

प्रकाशित मिति : २०८० असार १३ गते

काठमाडौँ / चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले १२ ओँ वार्षिकोत्सव काठमाडौँमा मनाएको छ । विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको आतिथ्यतामा शुभकामना आदान प्रदान गरे मंगलबार काठमाडौंमा १२ औं वार्षिकोत्सव मनाएको प्रवन्ध निर्देशक हरि कार्कीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि सुशील कोइराला मेमोरियल फाउण्डेशनका सदस्य सचिव ई. अतुल कोइरालाले विभिन्न चुनौतीका बीच पत्रिकालाई नियमित बनाई राख्नु चुनौतीको विषय भएको बताए । समाजलाई सकारात्मक रुपान्तरणका लागि मिडियाको महत्वपूर्ण भुमिका हुने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली चलचित्र जगतकी अग्रज हास्य कलाकार बसुन्धरा भुषालले नियमित प्रकाशनमा रहेको चितवन खबर पत्रिकाको थप निरन्तरताको लागि शुभकामना व्यक्त गरिन् । नेपाली चलचित्र जगतका चर्चित अभिनेता तथा निर्देशक सरोज खनालले मिडियाले कला र कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडिया र कलाकारिता बीच सधैं नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताए
नेपाली चलचित्र जगतका चर्चित सदावहार अभिनेत्री करिश्मा मानान्धरले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसूचित गरेको बताइन् । आगामी दिनमा पत्रिकाले विकृति विसङ्गतिलाई चिर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गरेर अघि बढ्न सुझाव दिइन् ।
नेपाली सांगितिक क्षेत्रका चर्चित बरिष्ठ गायक आनन्द कार्कीले पत्रिकालाई शुभकामना दिंदै पत्रकारिताको जगतबाट चितवन खबरले समाजमा पुर्याएको योगदान प्रशंसा गरे । कार्यक्रममा समाजसेवी नारायण अधिकारीलाई सम्मान गरिएको छ ।
कार्यक्रमको सभापति एवम् पत्रिकाका निर्देशक गोबिन्द राज पाण्डेले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमार्जन गर्दै लैजाने र पत्रिकालाई यहाँसम्म ल्याई पु¥याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाता प्रति पाण्डेले आभार प्रकट गरे ।
कार्यक्रममा लक्की मिडिया हाउस चितवनको टिम लगायत नागरिक अगुवा, पत्रकार, शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो । चितवन खबर पत्रिकासँगै अनलाइन संस्करण इ चितवन खबर डट कम मार्फत पनि सूचना समाचार सम्प्रेषण गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97