२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

प्रकाशित मिति : २०८० असार २३ गते

मकवानपुर / पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्ति डिपाट गाउँस्थित आज (शनिबार) बिहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बिहान १ः४५ बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको ना ६ ख ६३१ नं.को ट्रक आपसमा ठोक्किए आगलागी हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मृत्यु हुनेहरुमा ना ६ ख ६६६७ नं.को ट्रक चालक चितवनको राप्ति नगरपालिका– ८ बस्ने अन्दाजी २८ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका–२, गोर्दीटार बस्ने अन्दाजी २ज्ञ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नं.को ट्रक सहचालक मकवानपुरको मनहरी गाउँपालिका–३ बस्ने अन्दाजी २० वर्षीय अमृत प्रजा रहेका छन् ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, उनीहरुको शव सवारीसाधनले च्यापिएको अवस्थामा फेला परेको हो ।
यस्तै, सोही दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा ६६६७ नं.को ट्रकमा सवार चितवनको राप्ति नगरपालिका–३, बस्ने अन्दाजी ३५ वर्षीय बिबेक तामाङ र ६३१ नं.को ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा रहेका छन् ।
उनीहरुलाई उपचारको लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उक्त स्थानमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आज बिहान ७ बजे पूर्ण रुपमा नियन्त्रणमा लिई दुबै तर्फको यातायात सुचारु गरिएको जनाइएको छ ।
मृतक तीनै जनाको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52