April 19, 2025

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

July 27, 2023
Sketch
- ADVERTISEMENT -

दाङ / दाङको लमही नगरपालिका–१ मा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका दाङले जनाएको छ ।
प्रहरीका अनुसार, सडकमा पैदल हिँडिरहेका चौधरीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट चौधरी गम्भीर घाइते भएका थिए । घाइते उनको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
ठक्कर दिने मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ । मोटरसाइकल चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -