२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

मञ्जुश्री म्हाणिपा आमा समूहको अध्यक्षमा चिनीमाया पाख्रिन

प्रकाशित मिति : २०८० श्रावण १३ गते

चितवन / मञ्जुश्री म्हाणिपा आमा समूह भरतपुर ११ भोजाडमा चिनीमाया पाख्रिन सर्वसम्मत अध्यक्ष पदमा चयन भएको छ । छेच्यु थर्पलिङ् गुम्बामा शनिबार सम्पन्न आमा समूहको छैंठों साधारण सभा तथा प्रथम अधिवेशनले नवनिर्वाचित अध्यक्ष तामाङको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएका हुन् ।
समूहको उपाध्यक्ष पदमा इन्द्रकुमारी तामाङ, सचिव पदमा पासाङ तामाङ, कोषाध्यक्षमा लक्ष्मी लोप्चन, सहसचिवमा दिलमाया लामा निर्वाचित भएका हुन् ।
यस्तैगरी सदस्यहरुमा मिनमाया लोप्चन, कालीमाया तामाङ, सुनमाया दोङ, कान्छीमाया पाख्रिन, कान्छीमाया दोङ, मिन्जीमाया दोङ, सुमित्रा पाख्रिन, आइती तामाङ, विष्णु जिम्वा, पार्वती थिङ तामाङ, सुष्मा छिरिङ र ठुली कान्छी दोङ चयन भएका छन् ।
भरतपुर नगर तामाङ समाजका अध्यक्ष तथा प्रमुख अतिथि सूर्यप्रकाश लामाले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् । प्रमुख अतिथि लामा भरतपुर महानगरपालिका वरिष्ठ ईन्जिनियर हुन् ।


कार्यक्रममा नेपाल तामाङ घेदुङ चितवनका पूर्वअध्यक्ष मोहन स्याङ्बो, भरतपुर नगर तामाङ समाजका निवर्तमान अध्यक्ष पासाङ तामाङ, समाजका पूर्वसहसचिव शम्भुलाल पाख्रिन, दूधपोखरी तामाङ समाजका कोषाध्यक्ष आइतीमाया तामाङलगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम मञ्जुश्री म्हाणिपा आमा समूहका अध्यक्ष जालमाया पाख्रिनको सभापतित्व सम्पन्न भएको हो भने संचालन अधिवक्ता अजयकुमार तामाङले गरेका थिए ।
आमा समूह २०७४ सालमा स्थापना भएको हो भने पहिलो पटक ६ वर्षपछि अधिवेशन भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61