April 30, 2025

मञ्जुश्री म्हाणिपा आमा समूहको अध्यक्षमा चिनीमाया पाख्रिन

July 29, 2023
- ADVERTISEMENT -

चितवन / मञ्जुश्री म्हाणिपा आमा समूह भरतपुर ११ भोजाडमा चिनीमाया पाख्रिन सर्वसम्मत अध्यक्ष पदमा चयन भएको छ । छेच्यु थर्पलिङ् गुम्बामा शनिबार सम्पन्न आमा समूहको छैंठों साधारण सभा तथा प्रथम अधिवेशनले नवनिर्वाचित अध्यक्ष तामाङको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएका हुन् ।
समूहको उपाध्यक्ष पदमा इन्द्रकुमारी तामाङ, सचिव पदमा पासाङ तामाङ, कोषाध्यक्षमा लक्ष्मी लोप्चन, सहसचिवमा दिलमाया लामा निर्वाचित भएका हुन् ।
यस्तैगरी सदस्यहरुमा मिनमाया लोप्चन, कालीमाया तामाङ, सुनमाया दोङ, कान्छीमाया पाख्रिन, कान्छीमाया दोङ, मिन्जीमाया दोङ, सुमित्रा पाख्रिन, आइती तामाङ, विष्णु जिम्वा, पार्वती थिङ तामाङ, सुष्मा छिरिङ र ठुली कान्छी दोङ चयन भएका छन् ।
भरतपुर नगर तामाङ समाजका अध्यक्ष तथा प्रमुख अतिथि सूर्यप्रकाश लामाले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् । प्रमुख अतिथि लामा भरतपुर महानगरपालिका वरिष्ठ ईन्जिनियर हुन् ।


कार्यक्रममा नेपाल तामाङ घेदुङ चितवनका पूर्वअध्यक्ष मोहन स्याङ्बो, भरतपुर नगर तामाङ समाजका निवर्तमान अध्यक्ष पासाङ तामाङ, समाजका पूर्वसहसचिव शम्भुलाल पाख्रिन, दूधपोखरी तामाङ समाजका कोषाध्यक्ष आइतीमाया तामाङलगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम मञ्जुश्री म्हाणिपा आमा समूहका अध्यक्ष जालमाया पाख्रिनको सभापतित्व सम्पन्न भएको हो भने संचालन अधिवक्ता अजयकुमार तामाङले गरेका थिए ।
आमा समूह २०७४ सालमा स्थापना भएको हो भने पहिलो पटक ६ वर्षपछि अधिवेशन भएको हो ।

- ADVERTISEMENT -