२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

लायन्सको रक्तदानमा ५५ जनाको सहभागिता

प्रकाशित मिति : २०८० श्रावण १८ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा भईरहेको रगत अभावलाई केहि हदसम्म कम गर्ने उद्देश्यले आज भरतपुरमा लायनहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर क्लष्टर नं ३ काप्रमुख सुरज पाठकले सो कार्यक्रमको संयोजन गनुभएको थियो ।
लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन दिनानाथ न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै मेडिकल सिटीको रुपमा रहेको चितवनमा रक्तदान कार्यक्रमले देशका बिभिन्न स्थानहरुबाट उपचारका लागि चितवन आउने बिरामी तथा उनीहरुका आफ्न्तलाई धेरै ठुलो सहयोग पुग्ने बताउनुभयो । वहाँले यस्तै उत्कृष्ट कार्यका लागि उपस्थित लायनहरुलाई आग्रह गर्नुभको थियो ।
कार्यक्रममा पुर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठ, रामप्रसाद भट्ट, डिष्ट्रिकका प्रथम डिष्ट्रिक गर्भनर नवराज सापकोटा, एक्जुकेटिभ चिफहरु राजेन्द्र गौतम, प्रभाकर पण्डित, एक्जुकेटिभ को–चिफ पूर्णप्रसाद शर्मा, पिआरओ चिफ दुर्गालक्ष्मी श्रेष्ठ लगायतका लायनहरुको उपस्थिती रहेको थियो ।
रिजोन चियर पर्सन अनुजराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रमा ५५ जनाले रक्तदान गरेका थिए । सो रक्तदान कार्यक्रमा डिष्ट्रिक ३२५ आर क्लष्टरमा नं ३ मा आवद्ध १७ वटा क्बलको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -