चितवन / नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा कक्षा एकदेखि कक्षा नौसम्मका ५२० जना विद्यार्थीको दन्त परीक्षणसहित चेकजाँच गरिएको नेपाल पुलिस स्कुलले जनाएको छ ।
शिबनगर प्राथमिक स्वास्थ केन्द्रका डाक्टर सन्देश गौतमले विद्यार्थीहरुको साधरण स्वास्थ चेक जाँच गर्नुभएको हो भने मङ्गलम डेन्टलका डा. अनुप लुइँटेलको टिमले दन्त परिक्षण गर्नु भएको थियोे ।
चेकजाँचमा केही विद्यार्थीहरुमा दन्त समस्या देखिएको डा. लुइँटेलले बताए । विद्यालयको उत्तरदायित्व अन्तर्गत समय समयमा विद्यार्थीहरुको स्वास्थ परिक्षण गर्दै आएको बताइएको छ ।
स्वास्थ शिविरमा ५ सय २० जनाको चेकजाँच

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
