April 22, 2025

उपचारमा सहयोगको लागि निःशुल्क रगतको व्यवस्था गर्दै राप्ती नगरपालिका

August 7, 2023
- ADVERTISEMENT -

चितवन / राप्ती नगरपालिकाका वासिन्दाले निःशुल्क रगत पाउने भएको छ । राप्ती नगरपालिका कार्यालयका नगर प्रमुख शमशेर लामा र रेडक्रस सोसाइटीको तर्फबाट नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले एक सम्झौतापत्रमा हस्ताक्षर गरेपछि आवश्यक परेको खण्डमा निःशुल्क रगत पाउने भएको हो ।
राप्ती नगरपालिकाका प्रमुख लामाले रगत अभावमा नगरवासीलाई अबदेखि दुःख हुने बताएका छन् । नगरवासीलाई आवश्यक पर्दा रक्तसञ्चार कार्यालय भरतपुरबाट निःशुल्क रगत पाउने व्यवस्था गरिएको उनको भनाइ छ ।
उनले आर्थिक रुपमा विपन्न परिवारलाई उपचारमा राहत पुगोस भन्ने हेतुले पालिकाबाट सो अभियान थालिएको बताए । आगामी दिनमा पनि रेडक्रससँग सहकार्य गरी अन्य कार्यक्रमहरु पनि गर्दै लैजाने उनले विश्वास दिलाए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका सह मन्त्री महेश्वर थपलियाले पालिकाका कोही पनि रगत अभावमा छटपटिन नपर्ने बताए । उनले रगत अभावमा रहेका जनताको लागी आवश्यक सहजीकरण सहित निःशुल्क रगत पाउने बताए ।
कार्यक्रममा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकिय अधिकृत निलक कुमार न्यौपाने, जिल्ला शाखा मन्त्री राममणी खनाल, जिल्ला शाखा कोषाध्यक्ष विजयराज खनाल रक्तसञ्चार प्रमुख रमेशकान्त पौडेलले आफ्नो धारणा राखेका थिए ।

- ADVERTISEMENT -