चितवन / चितवन लगायत देशैभर तामाङ तथा मगर समुदायले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । नेपाल तामाङ घेदुङ चितवन र नेपाल मगर संघ चितवन तथा सम्बद्ध संघसंस्थाहरुले बिरोध प्रदर्शनसहित सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा विवादित अभिब्यक्ति दिने अधिवक्ता भगवती पाण्डे र गत साउन १७ गते टेकु प्रहरी परिसरमा घटेको घटनाका दोषी प्रहरीलाई कारबाहीको माग गरिएको छ । तामाङ तथा मगर समुदायलाई अपराधीकरण गर्दै अभिब्यक्ति दिने पाण्डेलाई हदैसम्मको कारबाही गरिनुपर्ने, साउन १७ गते टेकु प्रहरी परिसरमा अभियान्ताहरुलाई अमानवीय यातना दिने दोषी प्रहरीमाथि कारबाही गरिनुपर्ने र घाइते भएका दर्जनौ अभियान्ताहरुको स्वास्थ्य उपचार सरकारले निःशुल्क गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझाउँदै नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङले संघर्षका कार्यक्रम नरोकिने बताए । पाण्डे र प्रहरीलाई कारबाहीको दायरामा नल्याए थप आन्दोलनका कार्यक्रमहरु गरिने उनको भनाइ छ ।
सो क्रममा बोल्दै पुर्वमन्त्री तथा लोकतान्त्रिक तामाङ संघका केन्द्रीय अध्यक्ष दावा लामाले पाण्डेलाई कारबाहीको माग गर्दै शान्तिपुर्ण प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले निर्घात कुटपिट गरिनु गणतन्त्रमाथिकै उपहास भएको बताए । उनले पाण्डे र यातना दिने प्रहरीलाई समेत तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे ।
ज्ञापन पत्र बुझाउन घेदुङ तथा मगर संघका नेताहरुसहित कलाकार, अभियान्तालगायत सयौँको संख्यामा उपस्थित भएका थिए । उनीहरुले पारस बसपार्कहुदैँ जिल्ला प्रसाशन कार्यालयको मुलगेटमा पुगेर केहिबेर नाराबाजीसमेत गरे ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ज्ञापनपत्र तत्काल गृहमन्त्रीसमक्ष पुर्याइने प्रतिबद्धता व्यक्त गरे भने मागका विषयमा सरकार गम्भीर रहेको बताए ।
चितवनमा विवादित अभिव्यक्ति दिने पाण्डेविरुद्ध ज्ञापनपत्र (भिडियोसहित)
August 8, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
