२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

वैदेशिक रोजगारीको कहर

प्रकाशित मिति : २०८० श्रावण २४ गते

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा विदेश जाने युवाको संख्या ७ लाख ७१ हजार ३२७ रहेका छन् । यो संख्याले नौ वर्षअघि वैदेशिक जानेको संख्याले बनाएको रेकर्डसमेत तोडेको छ । आव २०७१÷७२ मा ६ लाख ९३ हजार ३२ जना श्रम स्वीकृति गरी विदेश गएका थिए । औसतमा दैनिक २ हजार ११३ जना श्रमशक्ति विदेश पलायन भैसकेको तथ्य विभागकै तथ्याङ्कले देखाएको छ । वैधानिक किसिमले विदेश जानेको संख्या विभागमा रहे पनि अवैधानिक तबरले विदेश जानेको संख्या पनि उच्च छ । यस किसिमले विदेशमा ८० लाख बढी युवा रहेको आँकलन गर्न सकिन्छ । यद्यपि सरकारसँग कति युवा बाहिर छन् भन्ने विषयमा यकिन विवरण छैन । एउटा विकासोन्मुख देशका लागि कुल जनसंख्याको झन्डै २७ प्रतिशत संख्या देशबाहिर हुनु विडम्बनाको कुरा हो ।
कहर या रहर जे भए पनि बिदेसिनु नेपालीको लागि अनिवार्य विषय बन्न पुगेको छ । दैनिक २१ सय बढीले हरेक दिन नेपाल छाड्दै गर्दा दैनिक चार जना बन्द बाकसमा ‘मुर्दा’ बनेर फर्किनुपरेको पीडादायी खबर पनि यथार्थ हो । वैदेशिक रोजगारमा गएका नेपालीले बर्सेनि पठाएको १२ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ भन्दा हामीलाई शरम लाग्नु स्वाभाविकै हो । तर, वास्तविकता हो कि मुलुकको वार्षिक बजेटको ठूलो हिस्सा वैदेशिक रेमिट्यान्सले नै धानेको छ । स्वदेशी उत्पादन घट्दो क्रममा छ, परनिर्भरता बढ्दो छ । युवाशक्ति हातमा राहदानी बोकेर म्यानपावर कम्पनी धाइरहेका छन् । सरकारले युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सकिरहेको छैन । हरेक दिन नेपाली युवा कामदारका रुपमा बिदेसिनेक्रम तीव्ररुपमा वृद्धि भएसँगै रोजगार गन्तव्य मानिएका मुलुकहरुमा विभिन्न कारणले मृत्यु हुनेक्रम पनि अस्वाभाविक रुपमा बढिरहेको छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये एक वर्षमा १५ सय जना नेपाली काठको बाकसमा फर्किएका छन् । यसमा अवैधानिकरुपमा मृत्यु हुनेको संख्यासमेत जोड्दा संख्या अझै धेरै हुनआउँछ । मलेसिया, साउदी अरब, कतार, यूएईमा नेपाली कामदारले बढी ज्यान गुमाएका छन् । वैदेशिक रोजगारको लागि नेपालले १११ मुलुक खुला गरे पनि व्यक्तिगत श्रम स्वीकृतिमा १७२ भन्दा बढी देशमा नेपाली पुगेका छन् । वैदेशिक रोजगारमा रहँदा विभिन्न प्रकारका दुर्घटनामा परी २ हजार बढी नेपाली अंगभंग तथा घाइते भएका छन् । विभिन्न देशका अस्पतालमा कोमामा र विभिन्न मुद्दामा जेल तथा हिरासतमा जीवन बिताउन बाध्य छन् । कामको दबाब, भाषिक समस्या र पारिवारिक उल्झन तथा डिप्रेसनलगायतका कारणले आत्महत्या गर्ने नेपालीको संख्या पनि बर्सेनि बढिरहेको छ । बढ्दो विदेशमोहले उत्पन्न पारिवारिक विखण्डन र सामाजिक समस्या झनै भयावह छ । सरकारले विदेशमा जनशक्ति पलायन रोक्न र स्वदेशमै रोजगारको विकल्प दिने खालका योजना बनाउनु आवश्यक देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20