२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

अधिवक्ता पाण्डेको अभिव्यक्तिप्रति चौतर्फी विरोध

प्रकाशित मिति : २०८० श्रावण २४ गते

कारबाहीका लागि सिडियोमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र
–बबिलाल तामाङ
चितवन । तामाङ र मगर समुदायले कानुन व्यवसायी भगवती पाण्डेविरुद्ध चौतर्फी आन्दोलन सुरु गरेका छन् । तामाङ र मगरलगायतका आदिवासी जनजाति समुदायमा आफ्नै दाजुबहिनीबीचमा पनि विवाह हुने परम्परा रहेको र त्यस्तो सम्बन्धबाट जन्मिएका बालबालिका आपराधिक मानसिकताको हुने गरेको भनी एक टेलिभिजिनको अन्तर्वार्तामा व्याख्या गरेपछि पाण्डे विवादमा मुछिएकी हुन् ।
नेपाल तामाङ घेदुङ र नेपाल मगर संघ तथा सम्बद्ध संघसंस्थाहरु सो अभिव्यक्तिपछि अधिवक्ता पाण्डेलाई हदैसम्मको कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीले आममाफी नमागेपछि अहिले देशैभरका जनजाति समुदायहरु आक्रोशित बनेका छन् ।
पाण्डेलाई कारवाहीको माग गर्दै सोमबार चितवन लगायत देशैभर तामाङ तथा मगर समुदायले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । नेपाल तामाङ घेदुङ चितवन र नेपाल मगर संघ चितवन तथा सम्बद्ध संघसंस्थाहरुले बिरोध प्रदर्शनसहित सोमबार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
आदिवासी जनजाति समुदायले भरतपुरको केन्द्रीय बस टर्मिनलको चौरमा भेला भई विरोध प्रदर्शन र ¥याली गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा आई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा विवादित अभिब्यक्ति दिने अधिवक्ता भगवती पाण्डे र गत साउन १७ गते टेकु प्रहरी परिसरमा घटेको घटनाका दोषी प्रहरीलाई कारबाहीको माग गरिएको छ । तामाङ तथा मगर समुदायलाई अपराधीकरण गर्दै अभिब्यक्ति दिने पाण्डेलाई हदैसम्मको कारबाही गरिनुपर्ने, साउन १७ गते टेकु प्रहरी परिसरमा अभियान्ताहरुलाई अमानवीय यातना दिने दोषी प्रहरीमाथि कारबाही गरिनुपर्ने र घाइते भएका दर्जनौ अभियान्ताहरुको स्वास्थ्य उपचार सरकारले निःशुल्क गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझाउँदै नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङले संघर्षका कार्यक्रम नरोकिने बताए । पाण्डे र प्रहरीलाई कारबाहीको दायरामा नल्याए थप आन्दोलनका कार्यक्रमहरु गरिने उनको भनाइ छ । सो क्रममा बोल्दै पुर्वमन्त्री तथा लोकतान्त्रिक तामाङ संघका केन्द्रीय अध्यक्ष दावा लामाले पाण्डेलाई कारबाहीको माग गर्दै शान्तिपुर्ण प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले निर्घात कुटपिट गरिनु गणतन्त्रमाथिकै उपहास भएको बताए । उनले पाण्डे र यातना दिने प्रहरीलाई समेत तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे ।
ज्ञापन पत्र बुझाउन घेदुङ तथा मगर संघका नेताहरुसहित कलाकार, अभियान्तालगायत सयौँको संख्यामा उपस्थित भएका थिए । उनीहरुले पारस बसपार्कहुदैँ जिल्ला प्रसाशन कार्यालयको मुलगेटमा पुगेर केहिबेर नाराबाजीसमेत गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ज्ञापनपत्र तत्काल गृहमन्त्रीसमक्ष पु¥याइने प्रतिबद्धता व्यक्त गरे भने मागका विषयमा सरकार गम्भीर रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37