धनगढी / छुट्टाछुट्टै दुर्घटनामा १ को मृत्यु ६ जना घाइते भएको छ । धनगढीमा भएको अटो दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ हो भने पाल्पाको दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनगढीको दुर्घटनामा मृत्यु हुनेमा अटो चालक ५० वर्षीय गंगा केसी रहेका छन् भने शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका–५ को तारानगरमा से १ ह २८९९ नम्बरको अटो दूर्घटना भएको थियो ।
अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
यस्तै पाल्पामा भएको जिप दुर्घटनाका ६ जना घाइतेको पूरा विवरण आउन बाँकी रहेको छ । उनीहरुलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको तानसेन नगरपालिका– १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका हुन् ।
गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको जिपमा एक्कासी ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।