२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

चितवनमा सरुवा रोक्न विद्यार्थीको प्रयोग गर्दै नेपाल माविका शिक्षक

प्रकाशित मिति : २०८० भाद्र १९ गते

रत्ननगर / पूर्वी चितवनको रत्ननगर नगरपालिकामा रहेको नेपाल माविका शिक्षकहरुले सरुवा रोक्न विद्यार्थीलाई प्रयोग गरेका छन् ।

सरुवा रोक्न गरिएको अनेक किसिमको प्रयास असफल भएपछि विद्यार्थीलाई प्रयोग गरिएको हो । सो विद्यालयका विद्यार्थीहरु शिक्षक थमौतीको माग गर्दै नगरपालिका पुगेर नाराबाजी गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

शिक्षक सरुवाको विरोधमा विद्यार्थीहरुले ‘नयाँ सर चाहिँदैन, पुरानो सर लान पाइँदैन’ भन्दै नाराबाजि गरेका हुन् । सो नगरपालिकाले भदौ १३ गते ३६ जना शिक्षकको आन्तरिक सरुवा गरेको थियो । नेपाल माविका प्रधानाध्यापक बुद्धिराज सुवेदी सहित १० शिक्षक सरुवामा परेका थिए । सुवेदी अहिले जापानमा छन् ।

नगरपालिकाले पठाएको सरुवा पत्र विद्यालयले शिक्षकलाई अहिले सम्म दिएको छैन् । जापानमा रहेका प्रधानाध्यापक सुवेदीले आफू नआई सरुवा भएका शिक्षकलाई रमान नदिन निमित्त प्रधानाध्यापक मैयाँ अम्गाईलाई निर्देशन दिएको श्रोतले बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

नगरपालिकाको पत्र प्राप्त भएपछि विद्यालयका शिक्षकहरु हरि खवास, नवीनचन्द्र भट्टराई लगायतका सरुवा भएका शिक्षकहरुले ससाना विद्यार्थी उचालेर स्थानीय सरकारको निर्णय विरुद्ध नाराबाजी गर्न लगाएको मेयर प्रलाद सापकोटाले बताए ।

हामीले गरेको निर्णय गलत छैन मेयर सापकोटाले भने विधि र विधान बमोजिम शिक्षकको सरुवा गरेका हौ, निर्णय कुनै हालतमा फिर्ता हुँदैन । शिक्षक व्यवस्थापन समितिका संयोजक समेत रहेका उपमेयर यादवप्रसाद पाठकले कार्यविधि अनुसार नै शिक्षक सरुवा गरिएको भन्दै निर्णय फिर्ता नहुने बताए ।

उनीहरुलाई जिल्ला बाहिर पठाएका होइनौ उनले भने नगरभित्रका विद्यालयमा पठाएका हौं, सरुवा भएका विद्यालयमा पढाउन नगए राजीनामा दिने हो । विद्यार्थी नेता दीपक थापाले नगरपालिका निर्णय सही रहेको भन्दै सरुवा थमौतीको लागि अबोध वालवालिका प्रयोग गरिएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61